आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

शेख हसीनालाई किन सुनाइयो फांसीको सजाय ?

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 लोकनारायण सुबेदी
हाम्रो नजिकको छिमेकी देश बांग्लादेश यतिबेला एक पटक फेरि १९७० को आरम्भिक  दशकको जस्तै उथल–पुथलको क्रमबाट गुज्रिरहेको छ । अहिले फरक के छ भने यतिबेला पाकिस्तान बंगलादेशको निकट हुन पुगेको छ उतिबेला भारत नजिक थियो । तर अहिले भने बंगलादेशले भारतलाई ठूलो सन्देह दृष्टिले हेरिरहेको छ । किनभने यतिबेला सत्ताच्यूत भएकी बंगलादेशकी पूर्ब प्रधानमन्त्री शेख हसीना भारतमा शरण लिइरहेकी छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्ब प्रधानमन्त्री शेख हसिनालाई मानबताका बिरुद्ध अपराधमा दोषी भएको  पाइएको भनेर मृत्युदण्ड अर्थात् फाँसीको सजाय सुनाएको छ ।
दक्षिण एशियाली देशहरुमा एक पछि अर्को राजनीतिक हत्या र बिरोधीहरुलाई मृत्युदण्ड दिएका अनेक दृष्टान्तहरु पहिला पहिला पनि चले चलाइएको पाइन्छ । भारतमा महात्मा गान्धीदेखि लिएर जनरल आङ्ग सान, एस. डब्लयू. आर.डी., श्रीमती बन्दरनायके, जुल्फीकर अली भूट्टो, शेख मुजीवुर रहमान, जिया उल हक, रणसिंघे प्रेमदासा, इन्दिरा गान्धी, राजीब गान्धी, बेनजीर भूट्टो जस्ता धेरै नेताहरुलाई तिनका राजनीतिक बिरोधीहरुले निर्ममतापूर्बक हत्या गरेको इतिहास रहेको छ । भनिन्छ प्रायजसो ती सबै नेताहरुबाट पूँजीवादी औपनिवेशिक शक्तिहरुलाई चूनौति दिइने गरेको थियो । तिनले पश्चिमा शक्तिहरुको कठपुतली बन्न अस्वीकार गरेको हुनाले हत्या भए गरिएका कारणले उनीहरुलाई मृत्यु दण्ड दिने काम गरिएको उल्लेख गर्ने गरिदै आएको छ ।
यद्यपि यी माथिका कुरा त बितेको शताब्दीको इतिहासका कुरा भए । त्यसपछिको अहिलेको नयाँ शताब्दीमा पनि २००६ मा सद्दाम हुसेनलाई फाँसी चढाइयो । त्यतिबेला अमेरिकाको नियतमाथि नै गम्भीर प्रश्नहरु उठेका थिए कि सद्दाम हुसेनले आम नरसंहारका हातहतियार(वीपन्स अफ मास डिस्ट्रक्शन) बनाएको भन्ने अमेरिकाले जुन  आरोप लगाएको थियो त्यो कुनै प्रमाणित भएन र अहिलेसम्म पनि भएको छैन । केवल झूटो सन्देहको भरमा सम्पूर्ण  इराकलाई नै अमेरिकाले ध्वस्त बनायो भने सद्दाम हुसेनलाई फाँसी दिएको थियो । अमेरिकी डलर हैकमलाई नमानेर यूरोडलरतिर लाग्दा उनले त्यसरी जीवन गुमाउनु परेको बिश्लेषण धेरै बिश्लेषकहरुले त्यतिबेला गरेको थियो । अनि अहिले यो २१औं शताब्दीको २५ बर्षपछि आइसकेर पनि तेश्रो बिश्वका देशहरु त्यस्तै षडयन्त्रहरुको शिकार भइरहेको देख्नु कम दुःख लाग्दो र चिन्ताको बिषय होइन । शेख हसीनाको सन्दर्भमा पनि यस्तै पृष्ठभूमि रहेको कुराहरु प्रकाशमा आइरहेका छन् ।
स्पष्ट छ कि शेख हसीनामाथि गएको बर्ष जुलाई÷अगस्टमा भएको बंगलादेश बिद्रोहका क्रममा मानबताका बिरुद्ध अपराधको आरोप लगाइएको थियो, छ । फलतः गत बर्ष अगस्टदेखि नै शेख हसीना भारतमा निर्वासनमा बसिरहेकी छन् । जस्तो अबस्थामा उनले त्यहाँ भारतनमा शरण लिएकी थिइन् त्यसबाट नै उनको ज्यानमाथि गम्भीर खतरा छ भन्ने कुराको स्पष्ट सन्देह रहेको देखिदै आएको थियो । बंगलादेशमा शेख हसीनाको निवासमा जे जस्तो किसिमले लूटपाट भएको थियो, उनका निजी चिजबीचमाथि प्रदर्शनकारीहरुले जे जस्तो अभद्रता देखाएको देखियो त्यसबाटै पनि एकदमै स्पष्ट भइरहेको थियो कि बंगालादेशमा हसीना कुनै किसिमले पनि सुरक्षित रहने स्थिति रहेको छैन ।
ऋनि भारतमा शरण लिए पनि उनले लामो समयसम्म मौन रहनु परिरहेको देखिन्थ्यो । अनि केही समयको मौनता पछि कतिपय सञ्चारमाध्यमहरुका संस्थानहरुलाई उनले आफ्नो मन्तब्य दिन शुरु गरिन् । उता बंगलादेशमा शेख हसीनाका घोर बिरोधी महम्मद यूनूस अन्तरिम सरकारको प्रमुख बनेका छन् । तर उनले पनि बंगलादेशको बिग्रदो नाजुक स्थितिलाई राम्ररी सम्हाल्न सकेका छैनन् । स्पष्ट के देखिदैछ गएको छ भने मोहम्मद यूनूस बाहिरिया शक्तिहरुको दबाबमा रहेर काम गरिरहेका छन् । बिगतमा पाकिस्तानका मुठ्ठीभर अभिजात बर्गका खान परिबारका शासकहरुबाट पाकिस्तानमा घोर अपमान, उपेक्षा, भेदभाव तथा क्रूरताका कारण बंगलादेश त्यतिबेला पाकिस्तानबाट अलग्गिएको थियो र त्यसका लागि लाखौ बंगलादेशीहरुले बलिदान दिनु परेको थियो । शरणार्थी बनेकी शेख हसीनाको सम्पूर्ण जसो परिबार  बंगलादेश बनाउनका लागि शहादत भएको थियो । उनका पिता बंगबन्धु शेख मुजिबुर रहमानले मृत्युलाई अगाडि देख्दा देख्दै पनि आफ्नो देश छोडेका थिएनन् । तर आज ती सबै बलिदानको अहिलेको  बंगलादेशमा खिल्ली उडाइरहेको पाइन्छ ।
भारतमा त पाकिस्तानको सैन्य शक्तिले बंगलादेश चलाउन हाल गिजोलिएको राजनीतिमा पनि सैन्य प्रमुख फील्ड मार्शल असीम मुनीरले संबिधान संशोधन  गराएर फेरि सैनिक तानाशाही कायम गर्ने बाटो  खोलिसकेका चर्चा पनि चलाइएको छ । यस्तो स्थितिमा त्यहाका लोकतन्त्रबादीले सैन्य तानाशाहीको बिरोध गरिरहेका छन् ।तर ती सबै कुरा निरर्थक कुरा जस्ता साबित भइरहेका छन् । यस्तो बातावरणमा यदि शेख हसीनालाई उनको अनुपस्थितिमा मुद्दा चलाएर फाँसीको सजाय सुनाइदैछ भने पनि यो कुनै आश्चर्यको कुरा भइरहेको भने मानिएको छैन ।  यद्यपि साबधान हुनु पर्ने संकेत भने अबश्य नै यो हो नै । आज त नेपाल, पाकिस्तानन, बंगलादेश सबै भारतका छिमेकी देशहरुको अस्थिरता, राजनीतिक उथलपुथलले हरेक किसिमले भारतलाई प्रभावित तुल्याइरहेका छन् । किन पनि भने ती देशहरुसँग भारतको साझा इतिहास मात्रै छैन सीमा पनि साझा रहेको छ भने सम्वन्ध पनि सुल्झिएको र स्पष्टतः बिश्वासिलो रहेको छैन । उल्लेखनीय छ कि बंगलादेशमा न्यायमूर्ति मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षता रहेको तीन सदस्यीय बंगलदेश अन्तराष्ट्रिय अपराध न्यायाधिकरण–१ले शेख हसीना समेत तीनजना अभियुक्तरुलाई दोषी ठहराएको छ । शेख हसीनामाथि लगाइएका पाँचमध्ये दुइ मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ भने अरु बाँकी मुद्दामा आजीवन काराबासको सजाय । शेख हसीनासँगै तत्कालीन  गृहमन्त्री असदुज्जमां खÞान कमाललाई पनि मृृत्युदण्डको सजाय सुनाइएको छ । उनी पनि भारतमै शरण लिइरहेका छन्  । त्यही अर्कोतिर पूर्ब प्रहरी आईजी अब्दुल्ला अल मनुन जो  सरकारी साक्षी बन्न पुगे उनलाई भने पाँच बर्षको काराबास सजाय सुनाइएको छ । यसै बर्ष जूनमा शेख हसीनाका बिरुद्ध मूख्य अभियोजक ताजुक इस्लामले भनेका थिए कि जुलाई अगस्टको क्रममा १,४०० मानिहरुको हत्या गरियो र त्यसबेला झण्डै २५ हजार जति मानिसहरु घाइते भएको कुरा प्रकाशमा आएका थियो । यी नै सब कारणले गर्दा शेख हसीनालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक