आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

प्रधानमन्त्रीबाट आफ्नै कामप्रति असन्तोष !

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थाको कटुसत्य उजागर गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै नेतृत्वको सरकारको कार्यप्रगति ‘सन्तोषजनक नभएको’ भन्दै कडा असन्तोष व्यक्त गरेकी छन् । यो अभिव्यक्ति केवल समीक्षा बैठकको औपचारिक टिप्पणी मात्र होइन, बरु देशको विकास र सुशासनप्रति जनताको बढ्दो निराशाको प्रतीक पनि हो । यो असन्तोषले सरकारको आन्तरिक कमजोरीलाई मात्र होइन, समग्र प्रणालीगत सुस्तता र भ्रष्टाचारको जडलाई पनि उजागर गरेको छ ।

बैठकमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा मन्त्री महावीर पुन, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका सीईओ सुशील ज्ञवालीलगायतका उच्च अधिकारीहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठको प्रस्तुतीकरणपछि मन्त्रीहरूले टिप्पणी र सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले स्पष्ट रूपमा भनिन्, ‘हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिन्छु ।’ यो निर्देशनले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखिएको सुस्तता र गतिहीनतालाई प्रमाणित गरेको छ । अर्कोतर्फ, आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट खर्च र कार्यक्रम कार्यान्वयनको गति न्यून हुनुले विकासको गति किन रोकिएको छ भन्ने प्रश्न उठाएको छ ।

देशमा आमजनताको असन्तुष्टिको जड भ्रष्टाचार र विकासको सुस्तता हो । नेपालमा भ्रष्टाचारले संस्थागत रूप लिएको छ । सरकारी खरिद, ठेक्कापट्टा, कर्मचारी भर्ना र नीति निर्माणमा व्याप्त अनियमितताले जनताको करको दुरुपयोग भएको छ । विकास आयोजनाहरू वर्षौंसम्म अलपत्र पर्नु, बजेट फ्रिज हुनु र परियोजना ढिला हुनुले अर्थतन्त्रलाई कमजोर बनाएको छ । संघ र प्रदेशबीच द्वन्द्व, स्रोत बाँडफाँडमा विवाद र स्थानीय तहमा क्षमता अभावले सेवा प्रवाह प्रभावित भएको छ । यी समस्या समाधानको बाटोमा अग्रसर हुनु अहिलेको सरकारलाई जिम्मेवारी छ । अर्को महत्वपूर्ण पक्ष निर्वाचन हो । प्रधानमन्त्री कार्कीले ‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन’ सबै निकायको भूमिका आवश्यक रहेको बताएकी छन् । आगामी निर्वाचन नजिकिँदै गर्दा यो चेतावनी पनि हो । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा प्रशस्त सुरक्षा चुनौती छन् ।

अघिल्ला सरकारका कामकारबाहीप्रति नयाँ पुस्ताले असन्तुष्टि जनाउँदै आएको छ । त्यहीकारण जेनजी आन्दोलन भएको हो र त्यहीँ आन्दोलनको बलमा यो सरकार बनेको हो । सोही कारण प्रधानमन्त्री सुशीला कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्छ । नयाँ पुस्ताले समावेशी विकास, सुशासन, प्रविधिमा आधारित सेवा र भ्रष्टाचारमुक्त प्रशासनको माग गरिरहेको छ । पुरानो शैलीको केन्द्रीकृत, कागजी र ढिलो प्रक्रियाले अब काम गर्दैन । नयाँ पुस्ता डिजिटल युगको हो, जसले तत्काल परिणाम, पारदर्शिता र जवाफदेहिता खोज्छ । यो सरकार पनि त्यही एजेन्डामा अघि बढ्नुपर्छ । यसका लागि सरकारी संयन्त्रलाई गतिशील, नवप्रवर्तनशील र नागरिकमुखी बनाउनु पर्छ । राजनीतिक परिवर्तनले ल्याएको संघीय संरचनालाई प्रभावकारी बनाउन कार्यशैलीमा क्रान्ति आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४९ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक