बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

ओलीकै पदचिह्नमा मधेस प्रदेश प्रमुख, अझै अहंकारमुक्त छैनन् ओली

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / मुख्यमन्त्री नियुक्तिको विषयले मधेस प्रदेशको राजनीतिमा अस्थिरता फैलिएको छ । निवर्तमान मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन अपनाएको प्रक्रिया र स्थानका कारण मधेसमा विपक्षी दलहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

एमालेबाट प्रदेश प्रमुख बनेकी भण्डारीले अपनाएको यो शैली कुनै बेला केन्द्रमा एमालेकै अध्यक्ष केपी शर्मा ओलीले पनि अपनाएका थिए । उनले संसद् विघटन गर्ने, अन्य दललाई बहुमतको आधारमा सरकार बनाउने अवसर नै नदिई ठूलो दलको हैसियतमा राष्ट्रपतिबाट आफूलाई प्रधानमन्त्री घोषणा गराउने जस्ता गतिविधि गरेका थिए । अहिले मधेसमा पनि तत्कालीन प्रदेश प्रमुख रहेकी भण्डारीसँगको मिलेमतोमा अन्य दललाई बहुमतको सरकार बनाउने अवसर नै नदिई ठूलो दलको संसदीय नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ । र, यसमा केन्द्रबाट एमाले अध्यक्ष ओलीकै निर्देशनमा भण्डारीले यस्तो निर्णय लिएको आरोप पनि लागेको छ ।

घटनाको सुरुवात आइतबार साँझबाट भएको थियो । पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएका थिए । सोनल संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त भएका थिए । उनको राजीनामापछि नयाँ सरकार गठनका लागि उपधारा २ अन्तर्गत नै दाबी पेश गर्न आह्वान हुने अपेक्षा थियो । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित सात दलले प्रदेश प्रमुख भण्डारीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए । प्रदेश प्रमुखले सहमति जनाएकी थिइन् । तर सोमबार बिहान उनी अचानक ‘अस्वस्थ’ भएर काठमाडौं जाने बहाना गर्दै प्रदेश प्रमुखको निवासबाट बाहिरिइन् र बर्दिबासको पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्री घोषणा गरिन् ।

यो कदमलाई ओलीको प्रत्यक्ष प्रभावको आरोप लागेको छ । भण्डारी ओलीको गृहजिल्ला झापा दमककी हुन्, जुन ओलीको निर्वाचन क्षेत्र पनि हो । २०७८ मा ओली सरकार ढलेसँगै भण्डारीको डेनमार्क राजदूत बन्ने सपना भत्किएको थियो । तर ओलीले २०८० फागुन २९ गते उनलाई मधेस प्रदेश प्रमुख बनाएका थिए । ओलीको अघिल्लो कार्यकालमा २०७७ पुस ५ गते संसद विघटन गरेका थिए, जसलाई सर्वोच्च अदालतले परमादेशमार्फत रोकेको थियो ।

भण्डारीको यो कदमले प्रदेशमा अराजकता निम्त्याएको छ । मुख्यमन्त्री यादवलाई पदभार ग्रहण गर्न नदिन सात दल एकजुट भएका छन् । प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । सुरक्षाकर्मीमाथि सांसदहरूले नै हातपात गरेका छन् । यो घटनाले जेनजी विद्रोहपछि खस्किएको सुरक्षाकर्मीको मनोबललाई थप कमजोर बनाएको छ । भदौ २३ र २४ को जेनजी विद्रोहमा ७६ जनाको ज्यान गएको थियो, जसले देशको शान्ति–सुरक्षा खलबलाएको छ । त्यतिबेला पनि ओली नै प्रधानमन्त्री थिए । असन्तुष्ट युवालाई वार्तामा ल्याउने र उनीहरुको माग पूरा गर्ने भन्दा पनि ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । जसका कारण युवा विद्रोहमा उत्रिएका थिए । त्यसपछि प्रधानमन्त्रीबाट हट्नुपरेका ओलीले अहिलेसम्म आफूले गल्ती गरेँ भन्ने बोधसम्मका नगरेको उनका सार्वजनिक अभिव्यक्तिले स्पष्ट पारेको छ । यसबीचमा एमालेकै निर्देशमा भण्डारीले मधेसमा सत्ता चलखेल गर्नुले ओली नेतृत्वको एमाले देशमा अझै अराजकता मच्चाउन चाहेको आरोप लागेको छ ।

अहिले मधेस प्रदेशमा सत्ता परिवर्तनको श्रृंखला चलेको छ । जेनजी विद्रोहपछि जनमत पार्टीका सतिशकुमार सिंहले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस र एमालेले कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने दाबी गरेका थिए । तर जनमतले अन्य दलसँग गठबन्धन गरेपछि सोनल मुख्यमन्त्री बने । शनिबार विश्वासको मत लिने बेला माओवादी केन्द्रका रहबर अन्सारी र माला कर्णले विद्रोह गरेपछि सोनलको अंकगणित भत्कियो । यसपछि कांग्रेस–एमाले गठबन्धन भत्कियो र नयाँ ध्रुवीकरण बन्यो । एमाले बाहेकका दलहरू एक ठाउँमा उभिए । तर यसलाई छलेर होटलमा मुख्यमन्त्री नियुक्ति गरिएको छ ।

यो घटनाले संघीयतामाथि प्रश्न उठाएको छ । सिंहदरबारको विकृति प्रदेशमा पुगेको छ । प्रदेशहरू मन्त्री उत्पादन गर्ने कारखाना बनेका छन् । एक सिट भएका पार्टीहरू पनि मोलमोलाइ गर्छन् । मुख्यमन्त्री फेरबदलले कर्मचारीतन्त्र अन्योलमा छ । भ्रष्टाचार र कमिसन तन्त्र फस्टाएको छ । फागुन २१ को चुनाव नजिकिँदै गर्दा यो अस्थिरता देशलाई महँगो पर्न सक्छ । अर्कोतर्फ एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई सडकमा उतार्ने उर्दी जारी गरेका छन्, जसले थप द्वन्द्व निम्त्याउन सक्छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । साथै सर्वोच्च अदालतले पनि मधेस प्रदेश सरकारविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै हाललाई महत्वपूर्ण निर्णयहरु नगर्न मुख्यमन्त्री यादवलाई आदेश दिएको छ । यो घटनाले केही प्रश्नहरू उठेका छन्, उपधारा २ अन्तर्गत सरकार गठन सम्भव छ भने किन छेडखानी ? होटलमा शपथ गराउने राजनीतिक अर्थ के ? एमाले र तत्कालीन प्रमुख प्रमुख भण्डारीले यी प्रश्नको जवाफ दिनुपर्छ ।

 

 

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

२५ मिनेट अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

नेपाली केम्पो टोली टर्की प्रस्थान

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक