शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले तीन महिनामा ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी गरेका छन्।

सार्वजनिक वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरूले यस अवधिमा जम्मा ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ५.२६ प्रतिशतले बढी भएको हो। Global IME BANK Kumari Bank Limited Manasalu saurya krishi गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले ४७ अर्ब ५७ करोड ७६ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेका थिए। बैंकहरूमध्ये १४ बैंकले आफ्नो ब्याज आम्दानी बढाउन सफल भएका छन् भने ६ बैंकको आम्दानी घटेको छ। सर्वाधिक ब्याज आम्दानी गर्ने बैंकको सूचिमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ।

बैंकले पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.३४ प्रतिशतले बढी हो। नबिल बैंक ब्याज आम्दानीका आधारमा दोस्रो स्थानमा रहँदा यसको आम्दानी भने ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा सर्वाधिक ब्याज आम्दानी वृद्धिदर देखाउने बैंक कृषि विकास बैंक रहेको छ, जसको खुद ब्याज आम्दानी ५७.०२ प्रतिशतले बढ्दै २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ।

तीन महिनाको अवधिमा प्रमुख बैंकहरूको खुद ब्याज आम्दानी यसप्रकार रहेको छ – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २४ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ९२ करोड, कुमारी बैंकले २ अर्ब ९१ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ७१ करोड, नेपाल बैंकले २ अर्ब ५६ करोड, हिमालयन बैंकले २ अर्ब ५० करोड, एनएमबि बैंकले २ अर्ब ४८ करोड र प्राइम बैंकले २ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। त्यस्तै, एभरेष्ट बैंकले २ अर्ब ४० करोड, एनआईसी एशिया बैंकले २ अर्ब २८ करोड, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९७ करोड, सानिमा बैंकले १ अर्ब ६८ करोड, सिटिजन्स बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ४५ करोड र नेपाल एसबिआई बैंकले १ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।

यो पनि पढ्नुहोस्

प्रभु बैंकले ४६ लाख कित्ता संस्थापक सेयर बेच्ने

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

१ दिन अगाडि
भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लाग्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक