सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजधानीको सिनामङ्गलस्थित ब्रिजवाटर स्कूलमा आज “रोबोटिक्स र कोडिङ कार्यशाला–२०८२” भव्य रूपमा सम्पन्न गरिएको छ ।

कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको उक्त कार्यशालाको उद्देश्य विद्यार्थीहरूमा प्रविधिप्रतिको जिज्ञासा, सिर्जनशीलता र व्यावहारिक सीपको विकास गर्नु रहेको विद्यालयले जनाएको छ ।

कार्यशालामा विद्यार्थीहरूले आफ्नै प्रयास र सीप प्रयोग गरी तयार पारेका विभिन्न रोबोटिक प्रोजेक्टहरूको प्रदर्शन गरिएको थियो । यस कार्यक्रममा विद्यार्थीहरूले बनाएका रोबोटहरूले विभिन्न कार्यहरू स्वत: सञ्चालन गर्ने, सिम्पल टास्क पूरा गर्ने, र इन्जिनियरिङ सिद्धान्तहरू प्रयोग गरेर समस्या समाधान गर्ने क्षमता प्रदर्शन गरेका थिए ।

विद्यालयमा “रोचक रोबोटिक्स खेलहरू” पनि आयोजना गरिएको र जसमा विद्यार्थीहरूले मनोरञ्जनसँगै प्रतिस्पर्धात्मक रूपमा प्राविधिक ज्ञान सिक्ने अवसर पाएका विद्यालयका प्रशासनिक प्रमुख राकेश साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता कार्यशालाले विद्यार्थीहरूलाई प्रविधिको व्यावहारिक ज्ञान दिलाउने मात्र होइन, उनीहरूमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र सहकार्यको भावना पनि विकास गर्छ । अहिलेको युग प्रविधि र नवप्रवर्तनको हो, त्यसैले हामीले बाल्यकालदेखि नै विद्यार्थीहरूलाई प्राविधिक शिक्षासँग परिचित गराउन आवश्यक छ ।”

त्यसैगरी विद्यालयका प्रमुख नारायण दासले वर्तमान शिक्षा प्रणालीमा कोडिङ र रोबोटिक्स अहिलेको शैक्षिक आवश्यकता बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले रोबोटिक्स र कोडिङ आवश्यकता छ । विद्यार्थीहरूले यस्ता गतिविधिबाट सिकेका सीपहरूले भविष्यमा उनीहरूलाई ग्लोबल स्तरमा प्रतिस्पर्धी बन्न मद्दत गर्छ । हामीले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जानेछौँ ।”

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञानले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।

विद्यालय प्रशासनले कार्यशालालाई सफल बनाउन सहयोग गर्ने सबै विद्यार्थी, शिक्षक, प्रशिक्षक, अभिभावक तथा आयोजक टोलीलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
ब्रिजवाटर स्कूलले आगामी दिनमा पनि आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन प्रविधि, र इनोभेसन प्रतियोगिता जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको र यस्तो पहलले विद्यार्थीहरूको सिर्जनशील सोच र प्राविधिक क्षमतामा दीर्घकालीन योगदान पुर्‍याउने विद्यालयले विश्वास व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

९ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक