बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नख्खु कारागारका जेलर र रवि प्रकरण

पत्रमा हस्ताक्षर गरेको स्वीकार, आफ्नै ज्यानको सुरक्षा खतरा रहेको दाबी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
नख्खु कारागारका जेलर र रवि प्रकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्केको विषयले ठूलो चर्चा पायो । प्रदर्शनमा सहभागी ठूलो समूह कारागार पुगेपछि त्यहाँको प्रशासनले सुरक्षाको कारण देखाउँदै रविलाई केही दिनका लागि रिहा गर्ने र पछि हाजिर गराउने नीति लिएको थियो । त्यसअनुसार पत्र प्राप्त भएपछि र सुरक्षा दिन नसक्ने जवाफ पाएपछि आफू बाहिर निस्केको रविले बारम्बार बताउँदै आएका थिए । तर, त्यसयता आफूलाई बद्नाम गर्ने प्रयास भएको भन्दै रवि पछि पुनः कारागारमा हाजिर भए र जेल गए । यो विषयमा रास्वपा र रविमाथि प्रश्न उठाउने प्रयास नियोजित थियो भन्ने पुष्टि कारागारका जेलरको हालैको बयानले गरेको छ ।

जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जोशीलाई आयोगको सचिवालयमा बोलाएर नख्खु कारागारका कैदीबन्दी बाहिर निस्किएको घटनाबारे सोधपुछ गरिएको बताए । उनले भने, ‘यसलाई बयान भन्दा पनि सोधपुछ भन्न उचित होला । हामीले घटनाका बारेमा सोधपुछ र बयान लिने क्रम शुरु गरिसकेका छौं । त्यसक्रममा उहाँलाई पनि डाकिएको हो ।’

जेन–जी आन्दोलनको भोलिपल्ट प्रदर्शनकारी नख्खु कारागार गएर त्यहाँ रहेका सभापति रवि लाई बाहिर निकालेका थिए । त्यसक्रममा जेलरले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । आयोगको सचिवालयका अनुसार जेलरको नामबाट जारी भएको पत्रका बारेमा पनि सोधपुछ भएको थियो । त्यही पत्रको आधारमा रवि कारागारमुक्त भएर बाहिरिएका थिए । तत्कालीन गृहमन्त्री रमेश लेखकले आफ्ना विश्वासपात्रका रुपमा नख्खु कारागारमा सरुवा गरिएका जेलर सत्यराजले रबिलाई सजिलो हुने गरी बयान गर्लान् भनेर कसले पो सोचेको थियो र ? तर त्यस्तै भएको छ ।
जेलरले जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो । जेनजी प्रदर्शनतर्फ संकेत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’
भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ,’ उनले बयानमा भनेका छन् । उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे पनि निरीक्षण गरेका छन् ।
जेनजीको अगुवाइमा भएको भदौ २३ गतेको आन्दोलनपछि भोलिपल्टको प्रदर्शन भड्किएपछि उक्त कारागार पनि निशानामा परेको थियो । प्रमुखले बयानका क्रममा लामिछानेसहित केही कैदीहरु स्वतः कारागार फर्किएको र फरार रहेका केहीलाई पक्राउ गरिएको तथा हालसम्म फरार रहेकाहरुको खोजी जारी रहेको बताएका छन् ।
लामिछाने पछिल्लो समय लोकप्रिय मत पाएर सांसद बनेका पात्र हुन् । नयाँ वैकल्पिक पार्टीका नेतृत्वकर्ता हुन् । तर, बेलाबेलामा उनी विवादमा पर्दै आएका छन् । यसमा राजनीतिक प्रतिशोध पनि मिसिएको छ । पुराना पार्टीको अक्षमतामाथि प्रश्न उठाउँदै पार्टी गठन गरेका लामिछानेलाई जनताले पनि साथ दिएका छन् । सोही कारण गत निर्वाचनमा रास्वपा चौंथो ठूलो पार्टी बन्न सफल भएको थियो । उनले लगातारजसो राजनीतिक बेथिति, ठूला पार्टी तथा तिनका नेताहरुको सिन्डिकेडविरुद्ध शक्तिशाली आवाज उठाएका थिए । यसले पुराना राजनीतिक दलप्रति जनताको विश्वासको घट्दै गएको पनि स्पष्ट पारेको थियो । तर, पछिल्लो समय फेक आईडी प्रयोग गरेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य लामिछानेको सन्दर्भमा पनि देखिएको छ ।
यो घटनाले नेपालको राजनीतिक अस्थिरता र सामाजिक सञ्जालको दुरुपयोगलाई उजागर गरेको छ । जेन जी आन्दोलनले युवाहरूको आक्रोशलाई एक ठाउँमा ल्याए पनि फेक आईडीहरूको प्रयोगले यसलाई राजनीतिक हतियार बनाउने प्रयास भयो । लामिछानेमाथिको सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ, तर सामाजिक सञ्जालमा उनको छवि धमिल्याउने अभियानले उनको राजनीतिक भविष्यमाथि प्रश्न उठाएको छ । उनको रिहाइलाई लिएर एकातिर समर्थनको लहर छ, भने अर्कोतिर फेक आईडीहरूले उनलाई बदनाम गर्ने प्रयास जारी छ ।
यो अभियानले जेन जी आन्दोलनको मूल मर्मलाई कमजोर बनाएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने, भ्रष्टाचारविरुद्ध लड्ने र सुशासनको माग गर्ने आन्दोलनलाई व्यक्तिगत र राजनीतिक स्वार्थले हाइज्याक गर्न खोजिएको छ । यो अवस्थामा आन्दोलनकारीहरूलाई एकजुट भएर आफ्नो मागमा केन्द्रित रहनु जरुरी छ । जनधारणा साप्ताहिक

 

 

 

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

२२ मिनेट अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

नेपाली केम्पो टोली टर्की प्रस्थान

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक