काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्ने तयारीमा रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री महावीर पुनले आज (कात्तिक १६ गते) केशरमहलस्थित कार्यकक्षमा अन्तिम दिन बिताउँदै सिंहदरबारमा सर्ने तयारीमा रहेको जनाएको छ ।
जेन जेड आन्दोलनका क्रममा सिंहदरबारभित्रको मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहल सारिएको थियो।
मन्त्रालयका अनुसार तिहारपछि अधिकांश कार्यालयगत काम सिंहदरबारबाट सञ्चालन भइरहेको छ। यद्यपि सिंहदरबारस्थित भवनमा अझै मर्मत तथा सुधारका काम भइरहेकाले केही कार्य भने केशरमहलबाट पनि सञ्चालन हुनेछ।


