शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

होम ट्युसन पढाए बापत साढे ३ करोड तलब !

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
होम ट्युसन पढाए बापत साढे ३ करोड तलब !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । एक वर्षको बच्चालाई बढाउने तथा विभिन्न आनीबानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामीकहाँ कति पारिश्रमिक दिइन्छ ? त्यो १०/२० हजार रुपैयाँ मासिक हुनसक्छ ।

तर बेलायतमा भने १ वर्षको बच्चालाई होम ट्युसन पढाउने व्यक्तिले करीब साडे ३ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो यथार्थ घटना हो । बेलायतको एक अर्बपति दम्पतिले आफ्ना बच्चाका लागि ट्युसन पढाउन १ लाख ८० हजार पाउण्ड पारिश्रमिक दिनेगरी विज्ञापन निकालेका छन् ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार एकजना महिलाले मम्सनेट नामक वेबसाइटमा बच्चाको निजी प्रशिक्षकको जागिरको लागि विज्ञापन शेयर गर्दै त्यसको शर्त तथा तलबसँग सम्बन्धित जानकारी समेत उल्लेख गरेकी छिन् ।

मम्सनेट एउटा यस्तो वेब प्लाटफर्म हो जसले योग्य व्यक्तिहरूलाई शिक्षणसँग सम्बन्धित जागिरहरू खोज्न सहयोग गर्दछ ।

मम्सनेटमा प्रकाशित उक्त विज्ञापनमा एउटा यस्तो जागिरका विषयमा जानकारी दिइएको छ जसमा एउटा परिवारलाई आफ्नो एक वर्षको बच्चाका लागि निजी शिक्षकको आवश्यकता परेको उल्लेख छ ।

जसमा नियुक्त हुने प्रशिक्षकले वार्षिक १ करोड ८० लाख पाउण्ड स्ट्रलिंग तलब पाउनेछन् । उक्त विज्ञापन सेयर गर्ने महिला स्वयं पनि बच्चाको शिक्षकको योग्यताका शर्त र तलब सुविधा देखेर तिनछक परेकी छिन् ।

मम्सनेटमा जागिरका बारेमा बताउँदै ती महिलाले लेखेकी छिन् : मम्सनेटले एउटा स्वप्नील जागिरसँगै एक लिंक पोस्ट गरेको थियो । त्यसैले मैले त्यसमा क्लिक गरेँ र मैले अविश्वसनीय तलब देखेँ ।

उक्त जागिरको विज्ञापन उत्तरी लण्डनको एक परिवारका लागि गरिएको थियो । उनीहरूले आफ्नो बच्चालाई अंग्रेजी जेन्टलम्यान बनाउनका लागि कुनै व्यक्तिको खोजीमा थिए ।

विज्ञापनमा उल्लेखित शर्त अनुसार बच्चा पढाउने प्रशिक्षक उच्च शिक्षाको योग्यता भएको हुनुपर्नेछ । साथै बच्चालाई कुनैपनि सांस्कृतिक पूर्वाग्रह हावी हुनुभन्दा अघि ब्रिटिस संस्कृति, मूल्य तथा सुक्ष्मतासँग परिचित गराउनुपर्नेछ ।

ती धनाढ्य बाबुआमाको उद्देश्य एक वर्षको बच्चाको जन्मजात जिज्ञासा तथा आत्मसात गर्ने क्षमताको प्रयोग गर्नुका साथै उसलाई उच्च गुणस्तरीय ज्ञान तथा सिकाई सुनिश्चित गर्नु हो ।

उक्त बच्चाको परिवार बहुभाषी परिवार हो । उक्त बच्चाको दाजुलाई ५ वर्षको उमेरदेखि मात्र लेखपढ सुरु गरेका कारण निकै ढिलो भएको महसुस गरेका उनीहरूले कान्छो बच्चाका लागि भने १ वर्षको उमेरदेखि नै उत्तम शिक्षकको खोजी गर्न सुरु गरेका हुन् ।

बच्चाको शिक्षक बन्ने व्यक्ति एक आदर्श शिक्षक हुनुपर्नेछ जोसँग व्यापक शव्दाबली हुनुका साथै शब्दहरू को सही उच्चारणसाथ बोल्नुपर्नेछ ।

साथै जागिरमा छनोट हुनका लागि विभिन्न भाषासँगै संगीत सिद्धान्तको राम्रो ज्ञान पनि हुनुपर्ने बताइएको छ । साथै उसमा लर्डस्, संग्राहलय, थिएटर, विम्बलडन तथा ट्विकेनहेमका यात्रासँगै पोलो र डुंगायात्राको विषयमा पनि अपेक्षित शिक्षा हुनुपर्नेछ ।

यतिधेरै तलब लिएर पढाएको बच्चा इटन, सेन्ट पल्स तथा वेस्टमिनिस्टर जस्ता  प्रतिष्ठित स्कुलमा भर्ना पाउने अपेक्षा गरिनेछ ।

उक्त जागिरमा करीब साडे ३ करोड वार्षिक तलबसँगै वर्षमा चार हप्ताको विदा र भ्रमणका लागि कार तथा चालक समेत उपलब्ध गराइनेछ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

७ घण्टा अगाडि
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक