बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने जनाएकी छन् ।

मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ ।’

तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन् ।

राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी छ ।

‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरू बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला,’ कार्कीले भनिन् ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी थिए ।

बालुवाटारमा मंगलबार बिहान १० बजेदेखि ४ घण्टाभन्दा बढी समय भएको छलफलमा जेनजी आन्दोलनका घाइतेहरू सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका दिएका प्रधानमन्त्री कार्कीको सचिवालयले उल्लेख गरेको छ ।

भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर फेरि अर्को आन्दोलन गर्ने घाइतेहरूले चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा बालुवाटार गएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने मत राखे ।

 

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ, के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको  प्रधानमन्त्री कार्कीलाई प्रश्न थियो ।

कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए । गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका थिए ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

१२ घण्टा अगाडि
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक