काठमाडौं । बारा, पचरौता नगरपालिका-२ नहर जाने बाटोबाट करिब १ लाख रूपैयाँ मूल्य बराबरको पटका मंगलबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एक्स ८८९० र बीआर २१ के १७१२ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरूले पटका छाडी फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट करिब १ लाख ८० हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटका मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीलाई देख्नासाथ चौहर्वाबाट लहानतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले पटका फाली फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


