आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनयुग’ नामको नयाँ पार्टी गठन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 2 mins read
0
जनयुग’ नामको नयाँ पार्टी गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वराजदूत नवराज सुवेदीले ‘जनयुग’ नामको नयाँ पार्टी गठन गरेका छन् । यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले सुवेदीको संयोजकत्वमा नयाँ पार्टी गठन गरेको हो ।

त्यसको जानकारी सुवेदीले असोज २७ गते प्रेस विज्ञप्ति जारी गरी दिएका छन् । विज्ञप्तिमा लेखिए अनुसार बन्दसत्रले सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पार्टीको सचिवमा विमल पोखरेल छन् । बाँकी सबै केन्द्रीय सदस्यहरु छन् ।

सुवेदी जनमोर्चाबाट निर्वाचित पूर्व सांसद हुन् । पछि उनी प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा आए । माओवादी विभाजित हुँदा उनी बाबुराम नेतृत्वको नयाँ शक्तिमा लागे । उपेन्द्र–बाबुराम नेतृत्वको जसपामा पनि थिए उनी । त्यतिबेला जसपा सरकारमा रहँदा उनी साउदी अरबका लागि नेपाली राजदूत समेत नियुक्त भएका थिए ।

अहिले उनले नयाँ पार्टी गठन गरेका हुन् । देशको राजनीतिमा सत्ताकेन्द्रित गठबन्धनबाट निर्माण गरिएको निरंकुशता, तानाशाही, स्वेच्छाचारिता, भ्रष्टाचार, कुशासनले देश गम्भीर राजनीतिक संकटमा फस्दै गएको अवस्थालाई हल गर्नका लागि सत्ताधारी तथा मुख्य पार्टीहरु पूर्णरुपमा असफल भएकाले नयाँ दल गठन गरिएको सुवेदीले बताए ।

उनका अनुसार दर्शन, सिद्धान्त, विचार र नीतिसँग मेल खाने विभिन्न व्यक्ति, समूहसँग गहन छलफल, अन्तरक्रिया, सहकार्य, मोर्चा निर्माण गर्दै जाने नीति रहेको छ ।

यस्तो छ सुवेदीको संयोजकत्वमा गठित जनयुग पार्टीको केन्द्रीय समिति –

१. संयोजक : नवराज सुवेदी (प्यूठान/ललितपुर)

२. सचिव : विमल पोखरेल (प्यूठान)

३. सदस्य : डा. लछी सिंह (कञ्चनपुर)

४. ठाकुर पोखरेल (काठमाडौं)

५. गणेश लोहार (बैतडी)

६. डा. अमृत भुसाल (अर्घाखाँची)

७. आह्वान श्रेष्ठ (भक्तपुर)

८. कृष्ण अर्याल (गुल्मी)

९. कुलचन्द्र पोखरेल (प्यूठान)

१०. रामचन्द्र पोखरेल (काठमाडौं)

११. उपेन्द्र अधिकारी (दोलखा)

१२. पुरुषोत्तम गजुरेल (नुवाकोट)

१३. रीता पोखरेल (मोरङ)

१४. विमला कार्की (धनकुटा)

यो पनि पढ्नुहोस्

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

१ घण्टा अगाडि
मिडिया सेन्टर शुभारम्भ

मिडिया सेन्टर शुभारम्भ

२ घण्टा अगाडि

१५. रविन्द्र सिंह (ललितपुर)

१६. उत्तम शर्मा (बाग्लुङ)

१७. सुभद्रा क्षेत्री रावत (सिन्धुली)

१८. बरुणध्वज मल्ल (प्यूठान)

१९. कृष्णप्रसाद भुसाल (अर्घाखाँची)

२०. सुनिता कुँवर (धादिङ)

२१. सिर्जना सुवेदी (जुम्ला)

२२. सचन विश्वकर्मा (सिन्धुली)

२३. इन्द्र कँडेल (कैलाली)

२४. दीपक रोका (प्यूठान)

२५. जीवराज बस्नेत (दाङ)

२६. राजु पौडेल (रुपन्देही)

२७. सुमन आचार्य (चितवन)

२८. नवीन पाण्डे (सुनसरी)

२९. गणेश थापा (रुपन्देही)

३०. सरोजमान सिंह (बाग्लुङ)

३१. नवीन केसी (प्यूठान)

३२. शान्ता पोखरेल (रुपन्देही) ।

ठाकुर पोखरेलको अध्यक्षता र बिमल पोखरेलले सञ्चालन गरेको पार्टीको प्रथम भेलाले १२ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । भेलाले विधान, प्रतिवेदन, विशेष प्रस्ताव तथा पार्टीको मुखपत्रको प्रकाशनको निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको कार्यक्षेत्र विभाजन गर्दै पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने निर्णय भएको छ ।

भेलालाई नवराज सुवेदी, डा. लछी सिंह, डम्बर खतिवडा, गणेश लोहार, डा. अमृत भुसाल, मुकुन्द आचार्य, नवीन कक्षपती, उपेन्द्र अधिकारी, घनश्याम मिश्र, गोविन्द गिरी र राजन केसीले सम्बोधन गरेका थिए ।

उद्घाटन समारोहपछि सुरु भएको बन्दसत्रमा ठाकुर पोखरेल, गणेश लोहार, सरोजमान सिंह रहेको अध्यक्षमण्डल गठन भएको थियो । बन्दसत्रमा विमल पोखरेलले राजनीतिक प्रतिवेदन र ठाकुर पोखरेलले विशेष प्रस्ताव पेश गरेका थिए । त्यसपछि बन्दसत्रले जनयुग पार्टीको केन्द्रीय समिति चयन गरेको थियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक