आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

एक साताको अल्टिमेटम, पूरा नभए हनुमानढोकाको महानगर कार्यालय बन्द गर्ने

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
एक साताको अल्टिमेटम, पूरा नभए हनुमानढोकाको महानगर कार्यालय बन्द गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौैं । काठमाडौं दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले काठमाडौं महानगरपालिका नगर प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको राजीनामा अन्तिम रहेको स्पष्ट पारेका छन् । प्रहरी बल प्रमुख पाण्डेले जीवित देवी कुमारीप्रति घोर अपमान गरेको दाबी गर्दै महासमितिले हिजो शनिबार आफ्नो धारणा सार्वजनिक गरेको हो । महासमितिले तीनबँुदे धारणा सार्वजनिक गर्दै एकहप्ते अल्टिमेटम दिएको छ । अर्थात् आउँदो शनिबारसम्म माग पूरा नभए दरबारक्षेत्रमा नगर प्रहरी निषेधदेखि वसन्तपुरस्थित कामपाको कार्यालय बन्द गर्नेसम्मको कार्यक्रम घोषणा गरेका छन् ।

त्यसअघि बिहीबार महासमितिका संरक्षक एवं पूर्वअध्यक्ष मनोज नेवाः खड्गीसहितको टोलीले मेयर बालेन्द्र साहलाई प्रहरी बल प्रमुख पाण्डेको राजीनामा, राजीनामा नदिए बर्खात गरी मेयर साहले याचना गर्दै क्षमापूजा गर्नुपर्ने माग दिएका थिए । तेह्र दिनअघि कुलघर फर्किन लाग्नुभएकी श्री कुमारी तृष्णा शाक्यको दैनिक उपभोग्य सामग्री कुलघर लैजान अनुमति नदिएपछि आक्रोशित स्थानीयले महानगर प्रहरी बल प्रमुखको राजीनामा मागेका थिए ।

महासमितिका संरक्षक खड्गीले कामपाको अत्याचारविरुद्ध तीनपटक दरबारक्षेत्र बन्द गरेको स्मरण गराउँदै कामपाको ज्यादतीविरुद्ध आन्दोलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अबको आन्दोलन विगतमा भएको सम्झौता कार्यान्वयन गर्न र कामपा प्रहरी बल प्रमुख पाण्डेको राजीनामा दिनुपर्ने मुख्य माग हो ।’ महासमितिले आफ्नो धारणा सार्वजनिक गर्दै प्रहरीहरूले संस्कृतिप्रति असंवेदनशीलता प्रकट गर्दै सम्पूर्ण नेपालीको आस्थाको केन्द्र जीवित देवी कुमारी परम्पराको अपमान गरेको र मागहरू तत्काल कार्यान्वयनको गर्न आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ ।

महासमितिमा स्थानीय दर्जन बढी संघसंस्था छ । कार्यक्रममा मखन क्लबको अध्यक्ष विनोद तुलाधर, सिन्हाः स्वा खलका अध्यक्ष उमेश खड्गी, विश्व हिन्दु महासंघ, इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यलगायतले कुमारीप्रति गरेको अपमानले धर्ममा घात परेको उल्लेख गर्दै बाध्य भएर धारणा सार्वजनिक गरेको बताउनुभयो । कार्यक्रममा सो क्षेत्रका वडाअध्यक्षहरुको उपस्थिति थिएन ।

महामसमितिले महानगर प्रहरी प्रमुख राजु पाण्डेले गल्ती स्वीकार गर्दै स्वेच्छाले गर्नुपर्ने, नगर प्रहरी प्रमुखले राजीनामा नदिएको खण्डमा कामपा प्रमुख बालेन्द्र साहले निजलाई बर्खास्त गर्नुपर्ने, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत महानगर प्रहरी कर्मचारीहरूको विकल्प कार्यान्वयन गर्ने, कामपाअन्तर्गत कार्यरत कर्मचारीहरूले राष्ट्रिय मान्यता प्राप्त श्री कुमारीको अपमान गरेको कार्यप्रति कामपा प्रमुखले जिम्मेवारी बहन गर्दै सार्वजनिक माफी मागेर कुमारीघरमा क्षमापूजा गर्नुपर्ने माग अघि सारेको छ ।

सिन्हा स्वाः खलका अध्यक्ष उमेश खड्गीले कामपा वडा नं १९, २०, २३ र २४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सम्पदा संरक्षण तथा संवद्र्धन र जनचेतना अभिवृद्धि आदि कार्यमा स्थानीयस्तरमा क्रियाशील संघ संस्थाहरूको साझा मञ्चको रूपमा रहेको महासमितिको अगुवाइमा २०५८ साल भाद्र १ गतेदेखि काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम सञ्चालनमा आएको स्मरण गराउनुभएको थियो । ‘अब फेरि सोही संस्थामार्फत हनुमानढोका क्षेत्रको संरक्षण कार्यक्रम अघि बढाउने छौं’ – अध्यक्ष खड्गीको भनाइ थियो ।

दरबार क्षेत्रको सम्पदा संरक्षण तथा संवद्र्धन एवं विकास निर्माणमा अनिवार्य हुनुपर्ने जनसहभागिता र कार्यान्वयन गर्नुपर्ने, ठोस नीति निर्माण गर्न कामपा र महासमितिबीच पटकपटक भएको सहमति र सम्झौता कार्यान्वयन गर्नुपर्ने माग महासमितिको छ । महासमितिले विगतमा धेरै पटक आश्वासन र धोका दिने भएकोले अब मेयरसँग मात्र वार्ता गर्ने जनाएका छन् ।

कार्यक्रममा सिन्हः स्वां खल, मश्रहिती क्लव, महादेव मखन क्लव, श्रीखण्डतरुकुल महाविहार संरक्षण तथा सञ्चालन समिति, बजाती, संयुक्त युवा क्लव, बज्र कला कुज, गंगा क्लव, मरु त्वाः पुचः, वसन्तपुर त्वाः पुचःलगायत संस्थाका प्रतिनिधिको उपस्थिति थियो । १३ दिनअघि भएको सो घटनामा नगर प्रहरी प्रमुख पाण्डेले कुमारी शाक्यको सामान लैजान सवारी प्रवेशको अनुमति माग्दा इन्कार गर्नुभाएको थियो । २०७४ असोज १२ गते कुमारी बन्नुभएकी शाक्य १२ वर्ष पुग्नैलाग्दा अष्टमीको दिन बिदाइ गरिएको थियो । ईश्वरराज ढकाल news info

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

११ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक