काठमाडौं । हमासले कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको इजरेली सेनाले जानकारी गराएको छ । इजरेली सेनाले जोशी जिवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी नेपालीलाई जानकारी दिएका छन् ।
आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशी, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर पछिल्लो जानकारी गराएका हुन् ।


