आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकता महाधिवेशनको म्यान्डेटको आधारमा मात्रै एकता हुन सक्ने एनआरएनएले स्पष्ट पार्यो धारणा

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एकता महाधिवेशनको म्यान्डेटको आधारमा मात्रै एकता हुन सक्ने एनआरएनएले स्पष्ट पार्यो धारणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कानूनी तथा सांगठनिक आधारमा संघको विधान, परम्परा र लाखौं गैरआवासीय नेपालीहरुको भावना बमोजिम एकता प्रक्रिया अगाडी बढाइने स्पष्ट पारेको छ।

संघको  स्थापना दिवस (११ अक्टोबर) को अवसरमा एक विज्ञप्ति जारी गर्दै संघले  सर्वोच्च अदालतको परमादेश अनुरुप गत मे महिनामा काठमाडौँमा आयोजित एकता महाधिवेशनको म्यान्डेटलाई नै  कमजोर पार्ने काम मान्य नहुने पनि जनाएको छ।

संघका प्रवक्ता गंगाधर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसारभरि फैलिएका नेपालीहरुलाई एकताको सूत्रमा बाँधेर मातृभूमिको सेवामा जुट्ने पवित्र उद्देश्य लिएर गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको २२ वर्ष पुरा भएको उल्लेख छ।

“एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रको मर्म अनुसार यस अवधिमा प्रवासमा रहेका नेपाली समुदायको सेवाका साथै नेपालको विकास र उन्नतिका लागि विभिन्न क्षेत्रमा लगानी तथा सामाजिक सेवामूलक दर्जनौं परियोजनाहरु सम्पन्न भएका छन्।  सन् २०१५ को महाभूकम्प होस् वा कोभिड १९ महामारी, संसारभरि रहेका नेपालीहरुले मातृभूमिको घाउमा मल्हम लगाउन सक्दो योगदान गरेका छन्, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा  नेपालमा हालै भएका हिंसात्मक गतिविधिप्रति दुख व्यक्त गर्दै भविष्यमा यस्ता घटना हुन नदिन सजग र संयमित  हुन सवै पक्षलाई संघले अपील गरेको छ  ।

“यस विषम परिस्थितिमा गैरआवासीय नेपाली संघमा एकताको विकल्प छैन।  सम्मानित सर्वोच्च अदालतको परमादेश अनुरुप  गत मे महिनामा सम्पन्न संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमितिले महाधिवेशनमा छुटेका साथीहरुलाई समेत समेटेर लैजान आह्वान गरिसकेको छ।  उच्चस्तरीय वार्ता समितिले त्यसको लागि पहल पनि गरिरहेको छ,” प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

“त्यसका लागि संघको सचिवालय तत्काल हस्तान्तरण गर्नुका साथै  सम्पूर्ण मुद्दामामिला फिर्ता लिइ एकताको वातावरण बनाउन हामी बद्री केसी पक्षलाई आह्वान गर्दछौं।  कानूनी तथा सांगठनिक आधारमा संघको विधान, परम्परा र लाखौं गैरआवासीय नेपालीहरुको भावना बमोजिम एकता प्रक्रिया अगाडी बढाउनु पर्छ भन्नेमा हामी दृढ छौ।  एकताको नाममा एकता महाधिवेशनको म्यान्डेटलाई नै  कमजोर पार्ने काम कहीं कतैबाट हुनु हुँदैन भन्ने पनि हामी स्पष्ट पार्न चाहन्छौं।  संघको  स्थापना दिवसको अवसरमा संघका संस्थापक तथा अग्रजहरुप्रति सादर नमन गर्दै संघका सम्पूर्ण सदस्य तथा प्रवासी नेपाली समुदायमा शुभकामना व्यक्त गर्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ।

हेर्नोस् – संघद्वारा जारी विज्ञप्ति :

यो पनि पढ्नुहोस्

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

४ घण्टा अगाडि
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक