सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनको वास्तविक प्रतिनिधिबारे अन्तरिम सरकार प्रष्ट हुनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
देशमा पठन संस्कृति लोभ भयो, कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : पूर्वप्रधानमन्त्री भट्टराई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको वास्तविक प्रतिनिधिबारे अन्तरिम सरकार प्रष्ट हुनुपर्ने जनाएका छन् ।

‘असफलता टुहुरो भए पनि सफलताका सयजना पिता हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै डा. भट्टराईले आन्दोलनका वास्तविक प्रतिनिधि चिनेर अगाडि बढ्न अन्तरिम सरकारलाई आग्रह गरेका हुन् ।

‘जेनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी उद्देश्यसम्म पुर्‍याउन’ केही सुझाव प्रस्तुत गर्दै शनिबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गलत हर्कत गर्नेलाई चिन्नुपर्छ ।’

उनले विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट नभएको अवस्थामा अन्तरिम सरकारलाई विशेष ध्यान दिएर काम गर्न आग्रह गरेका छन् ।

‘भदौ २३ गते जेन-जी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ’ उनले लेखेका छन्, ‘पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ।’

यी हुन् बाबुरामका ४ सुझावहरूः

विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेन-जी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्‍याउन निम्न कुराहरूमा ध्यान दिऊँ:

१. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: ‘सक्सेस हास हन्ड्रेड फादर्स; डिफिट इज एन अर्फान्’ अर्थात्, ‘सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’। नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: ‘ माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!’

अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट भैसकेको छैन। तैपनि अहिले खासगरी जेन-जी का वास्तविक प्रतिनिधि को हुन्? यसमा को कसको के के भूमिका रह्यो? आदिबारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ।

यसवारे अन्तरिम सरकार प्रष्ट रहनुपर्छ। भदौ २३ गते जेन-जी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ।

साथै अर्को गम्भीर कुरा, पटकपटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह सिर्जना गर्यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर/गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ।

२. अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभै जेन-जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जश इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ।

३. मुख्य कार्यकारी अंग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अंगहरू ( कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफुलाई यो बदलिएको परिवेशमा जेन-जी विद्रोहको दूरगामी महत्व र असरलाई आत्मसात गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंश गर्नु हुँदैन।

४. लोकतन्त्रमा अर्को महत्वपूर्ण तर ओझेलमा पर्दै आएको बिषय, विशाल गैर-राज्य क्षेत्रका उद्यमी-व्ययवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ।

 

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

१८ घण्टा अगाडि
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक