सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वर्षा अझै बढ्ने र नदीहरुमा बाढीको सतह बढ्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसको असरले बाढी, पहिरो, डुबानको खतरा हुनसक्ने सम्भावना छ । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणसहित सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ । तर यो बिस्तार हुँदै पूर्वतर्फ सर्ने क्रममा छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा यसको असर बढी देखिने छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, ‘मध्यमबाट भारी वर्षातर्फ उन्मुख छ । यो क्रम भोलिसम्म जारी रहन्छ । अहिले विस्तारै यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा छ ।’

उनका अनुसार अहिले तत्कालको अवस्थामा पूर्वी राप्ती, नारायणी, बागमती, कमला नदी र कोशी जलाधार क्षेत्रमा बाढी आउने सम्भावना छ ।

अहिलेसम्म यी नदीको बाढीले सतर्कताको तह पार गरिसकेको छैन । तर आज दिउँसोदेखि कमला, बागमती र नारायणी नदी तथा यी नदीका शाखा नदीहरुमा सतर्कता तह पार हुने सम्भावना छ । बाढी अझै बढेर आजै रातिदेखि खतराको तहसमेत पार हुन सक्ने सम्भावना रहेको पराजुलीले जनाए ।

जिल्लागत रुपमा भन्नुपर्दा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, धादिङसम्म यो प्रणाली फैलिएको छ । ‘यो विस्तारै पूर्वतर्फ बिस्तार हुने क्रममा छ । पश्चितर्फ खास असर पर्ने देखिँदैन,’ उनले भने । पश्चिममा नवलपरासीसम्म असर देखिन सक्ने अनुमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हट्याे

प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हट्याे

२६ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक