बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

साबुनकाे बारेमा राेचक कथा !

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
साबुनकाे बारेमा राेचक कथा !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

साबुन हाम्रो दैनन्दिन जीवनमा सबैभन्दा धेरै प्रयोग हुने चिजमध्ये एक हो । तर विडम्बना के छ भने यसको महत्वलाई हामीले प्राय: कम आँक्छौं । दैनिक प्रयोग हुँदाहुँदै पनि साबुनका जीवनरक्षक गुण र व्यापक लाभप्रति धेरैको ध्यान पुग्दैन । यो सामान्य देखिने तर असाधारण चिजको इतिहास भने पाँच हजार वर्ष पुरानो छ, जसलाई पहिलोपटक एकजना महिलाले आविष्कार गरेकी थिइन् ।

सूक्ष्म जीव र सफाइको अद्भुत सम्बन्ध

डच वैज्ञानिक एन्टोनी फिलिप्स भान ल्युहोनहकले सन् १६६८ मा आफ्नो सूक्ष्मदर्शक यन्त्रमार्फत पहिलोपटक ब्याक्टेरिया देखेका थिए । यिनै सूक्ष्म जीव हाम्रो शरीर, हात तथा मुखमा सर्वत्र पाइन्छन् । साबुनले तीमध्ये धेरै घातक जीवाणुलाई नष्ट गर्छ । यस अर्थमा साबुनलाई मानव इतिहासकै ठूलो चिकित्सा खोज मान्न सकिन्छ ।

साबुनको जन्मकथा

टाइम पत्रिकामा प्रकाशित समाचार अनुसार साबुनको सुरुआती आविष्कार र प्रयोग सुमेर सभ्यतामा भएकोे हो। त्यहाँ निनी नामकी एक महिलाले पहिलोपटक साबुनको सूत्र बनाएकी थिइन् । उनी आजभन्दा करिब ४,५०० वर्षअघि वर्तमानको दक्षिणी इराकमा अवस्थित प्राचीन सहर गिरसूमा जन्मिएकी थिइन्।

त्यतिबेला उक्त सहरमा कपडा उद्योग निकै फस्टाएको  थियो। कपडाको उत्पादन गर्ने ठूला कारखानामा हजारौँ मजदुर काम गर्थे र त्यहीँ निनी पनि संलग्न थिइन्। वास्तवमा कपडामा लागेको चिल्लो सफा गर्नुपर्ने आवश्यकताले साबुनको आविष्कारलाई जन्म दियो ।

खरानी र बोसोबाट बन्यो पहिलो साबुन

रासायनिक पुरातत्वविद्हरूका अनुसार, ऊनमा रङ हाल्नुअघि त्यसमा रहेको चिल्लो अर्थात् बोसो (ल्यानोलिन) हटाउनैपर्थ्यो । ताजा ऊनलाई खरानी मिसिएको पानीले धुँदा बोसो सजिलै हट्थ्यो। यहीँ प्रक्रियाबाट निनीले खरानी र जनावरको बोसो मिसाएर पहिलोपटक एक किसिमको तरल साबुन तयार गरेकी थिइन् ।

निनीले खरानीमा पाइने क्षार र बोसोबीचको रासायनिक प्रतिक्रियाले अद्भुत सफाइ शक्ति प्रदान गर्छ भन्ने तथ्य पत्ता लगाइन् ।

सुरुआतमा त्यो पदार्थ केवल चिप्लो  पानी जस्तै लाग्थ्यो, तर यही मिश्रण कपडा मात्र होइन, शरीर सफा गर्नसमेत उपयोगी हुने कुरा उनले पत्ता लगाइन्।

पहिलो साबुन- निनीको महान योगदान

वुमन इन एनसिएन्ट मेसोपोटामिया पुस्तककी लेखिका करेन नेमेट-नेजातका अनुसार, निनी पितृसत्तात्मक समाजमा हुर्केकी साधारण श्रमिक थिइन् । तर, उनले आफ्नो मिहिनेत र जिज्ञासाबाट इतिहासमै पहिलो साबुन बनाइन् ।

साबुनको आविष्कार कुनै प्रयोगशालामा नभई, कपडा कारखानामा भएको थियो । खरानी र बोसो मिलाएर उनले कपडा धुने तरल पदार्थ तयार पारिन् । जसलाई पछि हात धुने र कपडाको चिल्लो हटाउन प्रयोग गरियो । यही मिश्रणबाट साबुनको सुरुआत भएको मानिन्छ ।

साबुन: अदृश्य घातक तत्व विरुद्धको हतियार

आज साबुन केवल सरसफाइको साधन मात्र होइन, मानव स्वास्थ्यकै जीवनरक्षक आविष्कार बनेको छ।  पाँच हजार वर्षअघि कपडा कारखानामा काम गर्ने साधारण महिलाले आविष्कार दिएको यो चिज आज पनि मानव जीवनलाई सुरक्षित राख्ने शक्तिशाली अस्त्र बनेको छ ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

४१ मिनेट अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक