आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्डसहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रचण्डसहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेतृत्व कसले लिने वा दिने अधिकार महाधिवेशनले टुङ्गो लगाउने विषय भएको जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेतृत्व लिने/दिने अधिकार व्यक्तिको हातमा नभएको जनाएका हुन् ।

नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गर्दै गजुरेलले संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितको सहमतिमा नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव फिर्ता नलिएकोप्रति प्रश्न उठाएका छन् । ‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि त्यसपछाडि के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकाङ्क्षीहरूले आफैँ बुझ्नुपर्ने विषय हो । अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन – त्यो त महाधिवेशनकै निर्णयले टुङ्गो लगाउने कुरा हो’, उनले भनेका छन् ।

अहिले नेतृत्व लिनु नभई चिन्तन गर्नुपर्ने बेला भएको र जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने उनले स्पष्ट पारेका छन् ।

‘अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ’, उनले लेख्छन्, ‘आज पनि जेनजीले खोजिरहेको कुरा त्यही हो । वैचारिक स्पष्टता सहितको इमानदार र क्षमतावान् नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस् । प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर गर्ने गजुरेलको भनाइ छ । माओवादीको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नै नेतृत्वमा मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

श्रेष्ठले आफूलाई कार्यबहाक अध्यक्ष दिनुपर्ने र जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । श्रेष्ठ र शर्माको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । अर्का नेता वर्षमान पुनले आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए । प्रचण्डको भूमिका राजनीतिक वा अभिभावकीय रहेपनि सङ्गठनात्मक नेतृत्वमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेका थिए ।

यो पनि पढ्नुहोस्

सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ

२ सय १ जना एचआइभीबाट सङ्क्रमित

४ मिनेट अगाडि
बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक