आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतमा सोनम वाङ्चुक पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतमा  सोनम वाङ्चुक पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतमा अधिकार तथा पर्यावरण अभियन्ता सोनम वाङ्चुक पक्राउ परेका छन् । लद्दाखमा राज्यको दर्जा र छैटौँ अनुसूचीअन्तर्गतको संवैधानिक सुरक्षाको माग गर्दै गरिएको प्रदर्शन झडपमा परिणत भएको दुई दिनपछि शुक्रबार प्रहरीले वाङ्चुकलाई पक्राउ गरेको हो ।

लद्दाखका प्रहरी महानिर्देशक एसडी सिंह जामवालको नेतृत्वमा रहेको टोलीले वाङ्चुकलाई शुक्रबार दिउँसो २:३० बजे नियन्त्रणमा लिएको टाइम्स अफ इन्डियाले जनाएको छ । वाङ्चुकमाथि लगाइएका आरोपबारे स्पष्ट गरिएको छैन ।

यसअघि, बिहीबार भारतको केन्द्रीय गृह मन्त्रालयले वाङ्चुकको गैरसरकारी संस्थाको लाइसेन्स विदेशी योगदान (नियमन) ऐन, २०१० अन्तर्गत खारेज गरेको थियो । गृह मन्त्रालयले बुधबार लद्दाखमा भएको भिड हिंसा र आगजनीका लागि वाङ्चुकले ‘अरब स्प्रिङ शैली’को विरोध प्रदर्शन र नेपालको ‘जेनजी आन्दोलन’को सन्दर्भ जोडेर दिएका उत्तेजक भाषणलाई जिम्मेवार ठहराएको छ ।

यद्यपि, वाङ्चुकले सरकारले आफूलाई जेल हाल्ने आधार तयार गरिरहेको आरोप लगाएका छन् ।

वाङ्चुकले स्थापना गरेको हिमालयन इन्स्टिच्युट अफ अल्टर्नेटिभ्स लद्दाखले दर्ताबिनै १.५ करोड रुपैयाँभन्दा बढी विदेशी रकम प्राप्त गरेको आरोप लगाइएको छ । वाङ्चुकको निजी फर्म सेस्योन इनोभेसनमा ६.५ करोड रुपैयाँ कथितरूपमा दुरुपयोग भएको बताइएको छ ।

स्रोतका अनुसार, वाङ्चुकले आफ्नो व्यक्तिगत खाताबाट २०२१ देखि २०२४ सम्म २.३ करोड रुपैयाँ विदेश पठाएका थिए । २०१८ देखि २०२४ सम्म १.६८ करोड रुपैयाँ विदेशी कोष विभिन्न खाताहरूमा प्राप्त गरेका थिए । उनका नौवटा व्यक्तिगत बैंक खातामध्ये आठवटा घोषणा नगरिएको पनि खुलासा भएको छ ।

बुधबार लद्दाखमा भएको प्रदर्शनका कारण चार जनाको मृत्यु भएको थियो र प्रहरी कर्मचारीसहित ८० भन्दा बढी घाइते भएका थिए । लेहमा भाजपाको कार्यालय, सरकारी भवन तथा गाडीहरूमा आगो लगाइएको थियो । भिडलाई नियन्त्रणमा लिन सुरक्षा बलहरूले आँसु ग्यास र प्रत्यक्ष गोलीसमेत प्रयोग गरेका थिए । टाइम्स अफ इन्डिया

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१६ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक