काठमाडाैं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालको जोन २४ अन्तर्गतका लायन्स क्लबहरुको डिस्ट्रिक गर्भनर पहिलो एड्भाइजर कमिटी मिटिङ सम्पन्न भएको छ ।
जोन २४ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउन, लायन्स क्लब अफ काठमाडाैं सेक्रेड भ्याली र लायन्स क्लब अफ काठमाण्डौं मेट्रो होम क्लब अफिसरहरुको उपस्थितिमा डिस्ट्रिक्ट गर्भनर पहिलो एडभाईजरी कमिटी मिटिङ सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी PRO Chief लायन् शैलेन्द्र दाहाल, डिस्ट्रिक्ट आइडल चिफ लायन सुरेन्द्र श्रेष्ठ, District Chief Administrator लायन हसन गोपाली, डिपार्टमेन्ट को-चिफ लायन् राजेन्द्र महर्जन, एरिया कोर्डिनेटर लायन् चूडामणि सिलवाल, रिजन १२ का चियर पर्सन लायन अमर राज सुवाल, डिस्ट्रिक AOG लायन् मचाकाजी महर्जन,डिस्ट्रिक्ट चियर पर्सन लायन् बिजय तामाङ, लगायत डिस्ट्रिकका अतिथिहरुको उपस्थिति रहेको थियो ।
District Chief Administrator लायन हसन गोपालीले जोन २४ अन्तर्गतको क्लबहरु डिस्ट्रिकमा अति नै महत्वपूर्ण क्लब रहेको र विगतदेखी वर्तमानसम्म निकै नै उल्लेखनिय कार्यहरु गर्न सफल क्लबको रुपमा चिनेको भन्दै उहाँले बिशेषगरी लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड र लायन्स क्लब अफ काठमाण्डौ ग्रिन टाउन, लायन्स क्लब अब काठमाडौं सेक्रेड भ्यालीको मन्त्रमुग्धले प्रशंसा गर्नुभएको थियो । निकै नै शक्तिशाली क्लबहरु अट्ने जोन र रिजोन दुबै चियर पर्शनलाई बधाई दिदैं उहाँले लायन्समा ब्लडहुड, ग्रिन टाउन, सेक्रेड भ्यालीको टिमको युनिटी देख्दा सार्है खुशी लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि PRO in chief लायन् शैलेन्द्र दाहालले जोन अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएकोमा आफू ज्यादै खुशी भएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुडका अध्यक्ष बिकेस श्रेष्ठ, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउनका अध्यक्ष सन्जिब यादब, लायन्स क्लब अफ काठमाण्डौं सेक्रेड भ्यालीका अध्यक्ष लायन् बद्री दाहाल र लालन्स क्लब अफ काठमाडौँका अध्यक्ष योगेन्द्र तामाङका साथै अन्य पदाधिकारीहरुले आफ्नो क्लबले हालसम्म गरेका र आगामी बर्षको सामाजिक कार्यहरुको कार्य योजना र हाल सम्मको प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भक्तपुरको ऐतिहासिक शहर मध्यपुर थिमीका बालकुमारी मन्दिमा सञ्चालन भएको डिस्ट्रिक्ट गर्भनर पहिलो एडभाइजरी मिटिङको सभापतित्व जोन-२४ का चियर पर्सन लायन राजिब श्रेष्ठले गर्नुभएको थियो । स्मरण रहोस जोन २४ का जोन चियर पर्शन लायन राजिब श्रेष्ठ लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुडका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
जोन अन्तर्गतका सदस्यहरु माझ दशैको शुभकामना आदानप्रदान गरी कार्यक्रमको समापन कार्यक्रमका सभापति जोन चियरपर्सन लायन् राजिब श्रेष्ठले गरेका थिए। साथै कार्यक्रममा नेवारी सुकु भोजका साथै नेवा: समुदायको पहिचान झल्किने कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


