आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक महत्वबारे चर्चा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक महत्वबारे चर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेसनल फ्रेन्च टुरिज्म मार्ट-आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबले विश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ ।

यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहणको ७५ औं वर्ष पुगेको उल्लेख गर्दै बोर्डले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक महत्वबारे पनि चर्चा गरेको हो । हर्जोगको ऐतिहासिक आरोहणले फ्रान्सेली यात्रु र आरोहीलाई दशकौंदेखि नेपाल भ्रमणका लागि प्रेरित गरिरहेको तथ्य पनि बोर्डले स्मरण गराएको छ ।

फ्रान्सेली पर्यटक नेपालका निष्ठावान आगन्तुकका रूपमा चिनिन्छन् । उनीहरूको रोजाइमा एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ क्षेत्रका पदमार्गहरू तथा काठमाडौं उपत्यकाका सांस्कृतिक स्थलहरू विशेष प्राथमिकतामा परेका छन् । दिगो र अनुभवमा आधारित पर्यटन प्रतिको माग बढेसँगै नेपाल फ्रान्सेली पर्यटकहरुका लागि अझ आत्मीय गन्तव्य बनेको छ ।

मार्टमा बोर्डले स्थापना गरेको नेपाल पभेलियनमा युरोपेली पर्यटन व्यवसायीहरूले नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे चासो राखेका थिए । मार्टमा सहभागी बोर्डका वरिष्ठ अधिकृत सागर श्रेष्ठ र राजीव झाको नेतृत्वमा बोर्डको टोलीले नेपालको साहसिक, सांस्कृतिक र प्रकृतिमा आधारित पर्यटनबारे जानकारी गराएका थिए ।

बोर्डसँगै नेपालबाट जर्नी डीएमसी, नमस्ते होलिडेज टुर्स एण्ड ट्रेक्स, फ्रेन्ड्स एड्भेन्चर टिम, एथिकल ट्रेकिङ नेपाल, द ट्रेक नेपाल र हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन गरी छ वटा नेपाली ट्राभल कम्पनीहरु सहभागी भएका थिए ।

बोर्डले यस सहभागितामार्फत फ्रान्सेली तथा युरोपेली पर्यटन व्यवसायीहरूसँग साझेदारी गहिरो बनाउन, नेपालप्रतिको आकर्षणलाई सुदृढ पार्न र भविष्यमा थप पर्यटक भित्र्याउन लक्ष्य लिएको जनाएको छ ।

आईएफटीएम टप रेजा फ्रान्सको सबैभन्दा ठूलो बीटुबी पर्यटन प्रदर्शनी हो, जसले विश्वका पर्यटन बोर्ड, ट्राभल एजेन्सी र टुर अपरेटरलाई एउटै प्लेटफर्ममा ल्याउँछ । यस प्रदर्शनीमार्फत युरोपेली बजारमा नेपाल प्रामाणिक, साहसिक र दिगो पर्यटन अनुभवका लागि पूर्ण रूपमा तयार रहेको बोर्डले सन्देश दिएको छ ।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१५ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक