बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । शनिबार उनले ट्रुथ सोशलमा लेख्दै भने, ‘यदि अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई फर्काएन भने परिणाम निकै खराब हुनेछ ।’

यसअघि बिहीबार बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले ‘बगराम फर्काउन खोजिरहेका छौं’ भन्दै उक्त बेस चीनको आणविक प्लान्टदेखि करिब एक घन्टाको दूरीमा रहेको बताएका थिए ।

तर तालिबानी सरकारले ट्रम्पको माग अस्वीकार गर्दै आफ्नै भूमिमा अमेरिकी सैनिकहरूको उपस्थितिलाई कहिल्यै सहन नहसिकने बताएको छ । चीनले पनि ट्रम्पको धम्कीको विरोध गर्दै यस्तो कदमले क्षेत्रीय तनाव बढाउने चेतावनी दिएको छ ।

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले अमेरिकी सैनिकका सबै केन्द्रहरू नियन्त्रणमा लिएको थियो र काबुलमा अमेरिकानिकट सरकारलाई अपदस्थ गरेको थियो । बगराम एयरबेस सन् १९५० को दशकमा सोभियत संघ र अमेरिकाको सहयोगमा बनेको थियो ।

ट्रम्पले के भने ?

 

शनिबार पत्रकारसँगको सवालजवाफमा, अमेरिकी सेना पठाएर बेस कब्जा गर्ने योजनाबारे उनले प्रत्यक्ष जवाफ दिन अस्वीकार गरे । उनले भने, ‘हामी यसबारे अहिले कुरा गर्दैनौं । हामी चाहन्छौं बेस छिट्टै फर्कियोस् । यदि फर्किएन भने म के गर्छु तपाईंले देख्नुहुनेछ ।’

काबुलबाट करिब ४० किलोमिटर उत्तरतिर रहेको बगराम एयरबेस ९/११ को हमलापछि अमेरिकी सेनाको सबैभन्दा ठूलो केन्द्र बनेको थियो । त्यहाँ बर्गर किङ, पिज्जा हटजस्ता रेष्टुरेन्टदेखि इलेक्ट्रोनिक्स र अफगानी कार्पेट पसलसम्म रहेका थिए । त्यहाँ ठूलो जेल परिसर पनि थियो ।

ट्रम्पले विगतमा पनि अमेरिकी कब्जा कायम राख्ने पक्षमा विचार राख्दै आएका छन् । उनले पनामा नहर, ग्रिनल्याण्ड जस्ता क्षेत्रमा पनि अमेरिकी नियन्त्रणको प्रसंग उठाएका थिए ।

अमेरिकाले बगराम आफ्नो नियन्त्रणमा राख्न चाहनुको कारण चीनमाथि निगरानी गर्न र अफगानिस्तानका खानीस्रोतसम्म पुग्न सक्ने बताएको छ ।

तालिबानी सरकारको प्रतिक्रिया

तालिबानी सरकारको परराष्ट्र मन्त्रालयका अधिकारी जाकिर जलालले अमेरिकी सेनाको उपस्थितिलाई अस्वीकार गर्दै भने, ‘अफगानिस्तान र अमेरिकाबीच आपसी सम्मानका आधारमा राजनीतिक र आर्थिक सम्बन्ध बनाउन सकिन्छ, तर अमेरिकी सैनिक उपस्थिति कतै पनि स्वीकार्य हुँदैन ।’

उनले एक्समा लेख्दै थपे, ‘अफगानिस्तानले इतिहासमा कहिल्यै विदेशी सैनिक उपस्थिति स्वीकार गरेको छैन । दोहा सम्झौतामा पनि यसलाई पूर्णतः खारेज गरिएको थियो । व्यापार र अन्य गतिविधिका लागि भने ढोका खुला छन् ।’

चीनको प्रतिक्रिया उस्तै

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बीजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘क्षेत्रीय तनाव र टकराव बढाउने कुनै पनि कदमलाई समर्थन गरिने छैन । चीन अफगानिस्तानको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ । अफगानिस्तानको भविष्य त्यहाँका जनताकै हातमा हुनुपर्छ ।’

चीनले तालिबानले काबुल कब्जा गरेको केही समयमै राजनयिक सम्बन्ध स्थापित गरेको थियो । अहिले चीनले तामाका खानी र तेल भण्डार सञ्चालनका लागि ठूलो लगानी गरेको छ ।

मिडिया रिपोर्टअनुसार, अमेरिकी अधिकारीहरूले बगराम एयरबेस फर्काउन सजिलो नहुने जनाएका छन् । यसका लागि १० हजारभन्दा बढी सैनिक आवश्यक पर्ने र उन्नत हवाई सुरक्षा प्रणाली स्थापना गर्नुपर्ने हुन्छ । यसलाई इस्लामिक स्टेट र अलकायदा जस्ता समूहबाट सुरक्षित राख्न पनि चुनौती हुनेछ ।

इरानबाट मिसाइल आक्रमणको खतरा पनि रहेको छ । सन् २०२५ को जुन महिनामा इरानले कतारस्थित अमेरिकी एयरबेसमा आक्रमण गरेको थियो । विज्ञहरूको भनाइमा, तालिबान सहमत भए पनि बगराम सञ्चालन र सुरक्षा महँगो र जटिल काम हुनेछ ।

एजेन्सी

यो पनि पढ्नुहोस्

सरकारलाई पाकिस्तानले दियाे बधाई

सरकारलाई पाकिस्तानले दियाे बधाई

१५ घण्टा अगाडि
मोदीले रवि र बालेनलाई दिए बधाई

मोदीले रवि र बालेनलाई दिए बधाई

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

ग्यास अभाव झन् चुलिँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक