बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेताहरु सच्चिने लक्षण अझै देखिएन !

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

विभिन्न आन्दोलनबाट शक्तिशाली बनेर देशमा शासन गर्दै आएका राजनीतिक दलहरु जनताको अपेक्षा पूरा गर्न नसकेपछि जेन–जी आन्दोलनको बलमा नराम्ररी पछारिएका छन् । नेताहरूबाट पारदर्शिता, जवाफदेहिता र सुशासनको अपेक्षा गरेका जनताले त्यो नपाएपछि ‘तिमीहरु शासन गर्न योग्य छैनौं है’ भन्ने जवाफ पनि यो आन्दोलनबाट दिएका छन् । तर, आन्दोलन समाप्त भएपछि पनि राजनीतिक नेताहरूले सच्चिने कुनै लक्षण देखिएका छैनन् ।

६२÷६३ को आन्दोलनपछिको करिब २० वर्षमा नेपालमा उही एमाले, कांग्रेस, माओवादीका प्रमुख नेताहरु शासनसत्ता सम्हाले । उक्त आन्दोलनपछिको अन्तरिक सरकारमा कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । त्यसपछि माओवादीका पुष्पकमल दाहाल, एमालेका माधवकुमार नेपाल, एमालेकै झलनाथ खनाल, माओवादीका बाबुराम भट्टराई र संविधान निर्माण हुन नसकेपछि खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार पनि बन्यो । ७० को दशकयता भने कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहाल प्रचण्ड नै आलोपालो गरेर प्रधानमन्त्री बनिरहेका थिए ।

यो बीचमा जनताले कुनै एक दललाई बहुमत दिएर स्थिर शासनसत्ताको जिम्मेवारी पनि दिएका थिए । ६० को दशकमा माओवादीलाई ठूलो पार्टी बनाएका जनताले ७० को दशकमा एमाले र माओवादीबाट एकीकृत बनेको पार्टी नेकपालाई पनि बहुमत दिएका थिए । तर, नेताहरुबीचको आपसी कलह र जुँगाको लडाइँका कारण त्यो बहुमत पनि सदुपयोग गर्न सकेनन् र पुराना दलहरुले जनताको विश्वास गुमाउँदै आजको दिनसम्म आइपुग्नुपरेको छ ।

पुराना दलको यो हविगत किन भयो त ? किन जनताले नेताहरुको घर जलाउने अवस्था आयो त ? किन जनताले नेताहरुलाई सार्वजनिक रुपमा नै हातपात गर्ने अवस्था सृजना भयो त ? किन जनताले नेता, तिनका परिवार र आसेपासेको जीवनशैलीमाथि प्रश्न गर्ने परिस्थिति बन्यो त ? यसको कारण हो, केही सीमित नेताहरुको पकडमा राजनीति, देशको शासनसत्ता र दल रहने अवस्था दशकौंसम्म रह्यो । दलमा पनि संस्थापन पक्षले फरक मत राख्नेलाई निषेध गर्ने, आफ्नो वर्चस्व कायम राख्न जस्तोसुकै कदम चाल्ने, युवालाई नेतृत्वमा आउन नदिने, आफ्नो आलोचना गर्नेलाई हतोत्साहित गर्न स्पष्टीकरण सोध्ने र पार्टीबाटै निष्कासन गर्ने जस्ता घृणित गतिविधि पनि भए । यही अवस्था अन्त्यका लागि अहिले जनताले आन्दोलन गरेका हुन् ।

जेन–जी आन्दोलनका उद्देश्य के हुन् त ? देशको शासनसत्तामा भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही सरकार । राजनीतिक दलहरुमा युवाको नेतृत्व, गतिशील पार्टीको निर्माण । देशमा विकास र सुशासन । तर, यो मागलाई भने नेताहरुले अझै बुझ्न र सच्चिन तयार नभएको देखिएको छ । जेन–जी आन्दोलनपछि पनि अझै उही पुरानै नेतृत्वलाई लिएर दलहरु अघि बढ्न खोजेको जसरी दलहरुको अभिव्यक्ति आएको छ ।

पुराना दलहरुले अहिले जुन नेताको पैरवी गर्दै आएका छन्, उनीहरुको योग्यताको वर्षौंअघि नै परीक्षण भइसकेको छ र बारम्बार असफल भइसकेका हुन् । पञ्चायतकालमा राजनीतिक वृत्तमा उदाएका शेरबहादुर देउवा, त्यही समयका केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी जनयुद्धबाट आएका प्रचण्ड, बाबुराम भट्टराई जस्ता नेताहरुले ६० र ७० को दशकमा नै बिदा लिनुपर्ने हो । किनकि उनीहरुले जनताको भरोसा गुमाउँदै आएको स्पष्ट भएको थियो । तर, पदलिप्सा र सत्तालिप्साका कारण उनीहरु बारम्बार नेतृत्वमा नै बस्ने, अरुलाई अघि बढ्न नदिने गरे । भ्रष्टाचार, अनियमितताको आरोप उनीहरु तथा निकटका व्यक्तिहरुमाथि लागे पनि निष्पक्ष छानबिन र कारबाही हुन सकेन । यही बेथिति हटाउन नै जेन–जीको आन्दोलन भएको हो ।

जेन–जी आन्दोलनले अब पुराना दलका युवा नेतामाथि प्रश्न उठाएको छ, के अब पनि निरीह बनेर पार्टीमा उही पुराना र बारम्बार असफल भइरहेका नेताहरुको आदेश मान्दै बस्ने कि विद्रोह पनि गर्ने ? तर यसविपरीत पुराना पार्टीका दोस्रो पुस्ताका नेताहरुको बोली पनि उनी शीर्ष नेताहरुको जस्तै आएको छ । २८ भदौमा जारी वक्तव्यमा कांग्रेस, एमालेसहित सात राजनीतिक दलका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर थियो । विज्ञप्तिमा सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार र संसद् विघटन असंवैधानिक रहेको भन्दै विरोध गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि संसद् विघटनको विपक्षमा निर्णय गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा संसद् विघटनको असंवैधानिक भएको भन्दै विरोध गरिएको छ । २६ भदौमा बसेको एमाले सचिवालयको बैठकले राष्ट्र, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने निर्णय गरेको छ । यसबाट पनि पुराना दलहरुले परिवर्तनलाई अझै आत्मसात् गर्न नसकेको देखिएको छ । अहिलेसम्म जनताको आवाज र परिवर्तनको मागलाई सुन्न नसक्दा पुराना दलले जुन अवस्था भोग्नुपरेको छ, यो परिवर्तनलाई आत्मसात् गर्न नसक्दा झन् धेरै क्षति भोग्नुपर्ने भविष्यलाई देख्नु नै भलाइ हो । पुराना दलमा व्यापक पुनर्गठन र जनताको नजिक जाने प्रयास नै उनीहरुको अस्तित्व कायम रहने एक मात्र उपाय हो । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

८ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक