शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओली देउवा प्रचण्डकाे घर रहेन

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
एमालेका अध्यक्ष केपीओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। जेन–जी पुस्ताको आन्दोलनले पूराना दलका शीर्ष नेताहरुलाई घरबाट विस्थापित गरिदिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटमा रहेको निवास आन्दोलनकारीको आगजनीबाट जलेर खरानी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारमा रहेको भाडाको निवास पनि भष्म भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठको निवास खरानी भैसकेको छ । अहिले एक किसिमले भन्दा ठूला दलका नेतृत्वहरु नै घरबारविहीन भएका छन् । ओली र देउवाको निवास आफ्नै हो ।

तर, दाहाल बसेको निवास भाडाको भनिएको छ । कतिपयले दाहाल बसेको निवास उनको आफ्नै हो भन्ने गरेका छन् । दाहालका दुवै छोरीहरु रेनु र गंगाको पनि घर जलेको छ । अहिले तीनै जना नेताहरु घरवारविहीन भएपछि उनीहरुको लागि नयाँ भाडामा घर खोज्नैपर्ने दबाब छ । प्रचण्ड र ओलीको गृहजिल्ला क्रमशः चितवन र झापामा रहेका घरसमेत जलाईएको छ ।

दशकौंसम्म देशको शासन–सत्ता आफ्नो नियन्त्रणमा लिएका यी तीन नेता जीवनको उत्तराद्र्धमा मूलधारको राजनीतिबाट नै फ्याँकिने सम्भावना छ । अब सबै दलमा पाका नेताहरुलाई नेतृत्वबाट विस्थापित गरिनुपर्ने आवाज बुलन्द भएको छ । कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वमा निरन्तर हस्तक्षेप गरेको भएपनि असफल भएको भन्दै अब युवा पुस्ताको भावनाबमोजिम चल्ने प्रतिबद्धता जनाएका छन् ।

गगनले त माफीसमेत मागिसकेका छन् । आज एमालेका नेता योगेश भट्टराईले समेत भिडिओ सन्देश जारी गरेका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समेत लगातार आफ्नो धारणा सञ्जालमार्फत दिइरहेका छन् । मुलुक अहिले एक किसिमको संक्रमणमा छ । सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भैसकेको छ ।

संसद् विघटन भएर प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ । निर्वाचनमा अहिलेका दलहरु कसरी सहभागी हुन्छन् र उनीहरुको प्रभाव कस्तो रहन्छ भन्ने कुरा उनीहरुले अहिले लिने निर्णयमा भर पर्नेछ ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

११ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक