आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संकटकालको तयारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
संकटकालको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन–जी आन्दोलनको मागअनुसार अन्तरिम सरकार बनाउने वार्ता जारी रहँदा संकटकाल लगाउने तयारी पनि भइरहेको छ ।

राष्ट्रपति र आन्दोलनकारी समूहबीच वार्ता टुंगो नलागेर तत्काल नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने प्रस्ताव सेनाले प्रस्तुत गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

संकटकाल टार्न छिटोभन्दा छिटो निष्कर्षमा पुग्न राष्ट्रपतिले अधिकतम प्रयास गरिरहेको शितलनिवासको दाबी छ । ‘जेन–जी प्रतिनिधिका सबैजसो मागसँग राष्ट्रपति सहमत हुनुभएको छ । अब संविधानको संरक्षण गर्ने दायित्व पूरा गर्न संविधानको धारा ६१ (४) प्रयोग गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने, नयाँ मन्त्रिपरिषद्को सिफारिशमा नयाँ निर्वाचनको घोषणा गर्ने प्रस्ताव राष्ट्रपतिको छ । नयाँ निर्वाचन घोषणा भएपछि संसद् स्वतः भङ्ग हुने राष्ट्रपतिको भनाइ छ,’ शीतल निवासका एक अधिकारीले भने ।

राष्ट्रपतिले यो प्रस्ताव राख्नुअघि प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग परामर्श गरेका थिए । त्यसरी गएमा संवैधानिक र कानुनी रूपमा चुनौती नहुने उनीहरूको सुझाव रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रपतिको प्रस्ताव राजनीतिक दल, सेना र कोर्टले मानेको छैन। तर संसद् विघटन गर्नुपर्ने अडान छ ।

हामी नेपाल संस्थाका अध्यक्षसमेत रहेका जेन-जी अगुवा सुदन गुरुङले आफूहरू संसद् विघटनको अडानमा यथावत रहेको जनाए । विघटन नगर्दा पुरानै नेतृत्व आउने खतरा रहेको उनको धारणा छ । राष्ट्रपतिसँग आफूहरूले सिधा कुरा गर्न नपाएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिका सचिव र कानुनविद्सँग कुरा भयो । मैले उहाँहरूसँग मैले डिरेक्ट्ली कुरा गर्ने भनेको प्रेजिडेन्टसँग हो, बाँकी तपाईंहरूलाई चिन्दिनँ । प्रेजिडेन्टलाई लिएर आउनुस् भनेँ । म मेरो जेन-जी टिमबिना तपाईंहरूसँग वार्ता गर्दिनँ भनेँ ।’ त्यस्तै शुक्रबार अन्तरिम प्रधानमन्त्रीमा सिफारिस सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच कुराकानी नभएको पनि उनले जनाए ।तर प्रधानमन्त्रीका रूपमा प्रस्तावित सुशीला कार्कीले भने जेन-जी आन्दोलनको जनादेशअनुसार संसद् विघटन नभएसम्म प्रधानमन्त्री नियुक्त नहुने अडान लिएकी छन् । ‘पहिले संसद् विघटन होस्, प्रधानमन्त्री नियुक्त गरियोस् । नयाँ सरकारले निर्वाचनको घोषणा गर्छ र सरकारले आफ्नो दायित्व पूरा गर्दै जान्छ, आन्दोलनको जनादेश यही हो भनेर उहाँहरुले अडान राख्नुभएको छ । यो बीचमा सहमति निकाल्ने प्रयास जारी छ,’ शीतल निवासको भनाइ छ ।

उता सेनाले भने यस्तो अव्यवस्थामा लामो समय जान नसकिने भएकाले संकटकाल लगाउने विकल्प राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ ।

‘सेनाले शान्ति सुरक्षको जिम्मा लिएको छ । तर सरकारविहीनताको अवस्था लम्बियो भने शान्ति सुरक्षा कायम गर्न सकिँदैन । त्यस्तो अवस्थामा संकटकाल लगाउनुपर्छ, राष्ट्रपतिज्यूले लेखेर दिनुपर्‍यो, आज साँझसम्म पनि सहमति नभएका पर्खन सकिँदैन भनेर सेनाले प्रस्ट भनेको छ,’ एक सैनिक अधिकारीले भने ।

मंगलबार केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै राजनीतिक दलका नेताहरूले आफूहरू सरकारमा नजाने तर सरकार संसद्‍मा नजाने प्रस्ताव राखेका थिए । जसलाई आन्दोलनकारी समूहले सिधै अस्वीकार गरेको थियो । त्यसपछि कार्कीलाई संसद् सदस्य बनाएर प्रधानमन्त्री बनाउने विकल्पमा पनि बिहीबार रातभर छलफल भएको थियो । तर, अब पहिले संसद् विघटन गर्ने कि सरकारले निर्वाचन घोषणामार्फत संसद् विघटन गर्ने भन्ने विषय अहिले पेचिलो भएको छ ।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१२ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक