सेनाले भ्रामक र गलत समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनासम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सम्पूर्णलाई अनुरोध गर्दछौँ।”
यसका साथै, सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा तोकिएका पृतना हेडक्वार्टरहरूसँग पनि समन्वय गर्न सकिने जानकारी दिइएको छ ।




