शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

भैरहवामा शान्ति सद्भाव र्‍याली

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
भैरहवामा शान्ति सद्भाव र्‍याली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । रुपन्देहीको भैरहवामा विभिन्न संस्थाको सहभागितामा शान्ति सद्भाव र्‍याली निकालिएको छ । जेनजीको प्रदर्शनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्देश्यले नेपाल-भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीमा जेनजी युवा समूह, लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, चेम्बर अफ कमर्स सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देही, सिद्धार्थ होटल संघ, भैरहवा मर्निङ वाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालि लगायतको सहभागिता थियो ।

र्‍यालीमा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले रुपन्देहीमा कर्फ्यू आदेश हटाइएको र निषेधाज्ञा पनि क्रमशः खुकुलो बनाउँदै जनजीवन सामान्य बनाइने जनाए ।

उनले जेनजी आन्दोलनका क्रममा रुपन्देहीमा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्नहरूको फोटो, भिडियो संकलनको काम भइरहेको जानकारी गराउँदै त्यस्ता प्रमाण भए प्रहरी प्रशासनलाई दिन आग्रह गरे । तथ्य प्रमाणका आधारमा तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रजिअ पाण्डेले जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवाका जायज माग सम्बोधन गर्दै संयमित भएर अगाडि बढ्नुपर्ने जनाए ।

जेनजी युवा सागर ज्ञवालीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा घुसपैठ हुँदा मानवीय र भौतिक क्षति हुन पुगेको जनाए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले असहज बनेको जनजीवन पूर्ववत अवस्थामा फर्काउन शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्ने आग्रह गरे ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

११ घण्टा अगाडि
पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक