आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गौरव पोखरेल
गौरव पोखरेल

, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् ।

सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् ।

‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५/१६ युवा नै जंगीअड्डामा आउनु भएको छ, राष्ट्रपतिज्यूले संवादका लागि आह्वान गरेपछि हामीले सम्पर्कको पहल गरेका थियौं,’ एक उच्च सैन्य अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यही क्रममा बुधबार उहाँहरुलाई बोलाइएको हो ।’

स्रोतका अनुसार, नाम टिपाए अनुसार बोलाइएका जेनजी प्रतिनिधिले सुरुमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका थिए । तर, धेरै संख्यामा जेनजी प्रतिनिधि पुगेपछि सिग्देलले सुरुमा सबैलाई मिलेर आउन आग्रह गरेका थिए । ‘यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ,’ सिग्देलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले तपाईंहरु पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुनुस् ।’

प्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि अहिले छुट्टै छलफलमा जुटेका छन् । सैनिक स्रोतका अनुसार, उनीहरुलाई संवादका लागि एकजना संयोजक तोक्न समेत भनिएको छ ।

‘त्यसपछि देशलाई बाँकी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेर एजेण्डामा तयार गर्न समेत भनेका छौं,’ सैनिक स्रोतले भन्यो, ‘छलफल एउटा निष्कर्षमा पुगेपछि बल्ल राष्ट्रपतिको उपस्थितिमा संवाद हुन्छ ।’

जेनजीका प्रतिनिधि धेरै संख्यामा भएपछि सेनालाई समेत संयोजन गर्न कठिनाइ भएको छ । अझै बाहिर रहेका कतिपय समूहले समेत आफूहरुको कुरा पनि सुन्नुपर्ने भनिरहेका छन् । गएराति समेत प्रधानसेनापति सिग्देलसँग केही जेनजी प्रतिनिधिले संक्षिप्त भेट गरेका थिए ।

सैनिक अधिकारीहरुले त्यसलाई औपचारिक वार्ता नभई प्रारम्भिक रुपमा जेनजीका धारणाहरु बुझ्ने प्रयासरुपमा अनलाइनखबरसँग अर्थ्याएका छन् ।

 

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।

यसपछि नेपाली सेनाले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति समेत सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो ।

सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठीक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो । कार्यालयको विज्ञप्तिपछि जेनजीका तर्फबाट विभिन्न समूहका युवाले सम्पर्क गरेका थिए ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनुहोला,’ उनले भनेका थिए, ‘तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोबेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । मंगलबार प्रशासनको कर्फ्यू बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नाराबाजीसहित अन्यत्र हिँडेका थिए ।

पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भयो । तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो । online khabar

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

१३ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक