आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोदावरी । कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता भएको छ वर्ष बितिसकेको छ, तर यहाँ कामले गति लिन सकेको छैन ।

ठेकेदारको लापरबाहीका कारण सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत अन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम सुस्त छ ।

भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अडाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एड्भेञ्चर गेगिङ सन्लाइट जेभिसँग पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरिए पनि काम हुन नसकेको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीले जनाए ।

छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालन र दैनिक आवागमनमा कठिनाइ भइरहेको उनले जनाए।

पूर्वाधार कार्यालय धनगढीले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदा चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप तीन किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन ।

यो सडक निर्माणका लागि विसं २०७९ चैत १८ मा १८ महिनामा काम सुक्ने गरी तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख रुपैयाँ भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो ।

चौकीडाँडा–ओलानी–फल्टुडे सडकको काम क्रमागत योजनाअन्तर्गत अघि बढे पनि कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित छन् ।

गोदावरी नरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले सडक निर्माणका लागि सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने बताउछन् । सम्झौताअनुसार काम अगाडि नबढेपछि स्थानीय जनप्रतिनिधि सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उनले जनाए ।

काम अगाडि बढ्नुपर्ने मागसहित वडा नं ३, १०, ११ र १२ का जनप्रतिनिधिले सडकमै वडा कार्यालय राखेर साङ्केतिक विरोधसमेत जनाएको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद भट्टले जनाए।

वडाध्यक्षहरूले चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण काम अगाडि नबढेको भन्दै सडकबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको उनको धारणा छ ।

गोदावरी नगरपालिकाको वडा नं १०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास रहेको छ । यो सडक अत्तरियादेखि फल्टुडे पुग्ने भीमदत्त लोकमार्गभन्दा छोटो छ । यो सडक बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

३ हप्ता अगाडि
सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

आज सुनकाे भाउ बढ्याे

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

एक लुटेरा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक