काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले पदोन्नति भएका सहायक रथी भोलानाथ थापालगायतलाई दर्जानी चिन्ह प्रदान गरेका छन्। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।
बुधबार जंगी अड्डामा एक कार्यक्रमकाबीच प्रधान सेनापति थापाले अर्का सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्जानी चिन्ह प्रदान गरेका थिए।
उनीहरू ९ भदौमा पदोन्नती भएका थिए।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो।


