बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सी र मोदीबीच व्यापारिक छलफल

लिपुलेकको चर्चै नगरी मानसरोवरको चर्चा, नेपाली भूभाग अतिक्रमणमा चीन–भारत मिले

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
सी र मोदीबीच व्यापारिक छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / चीनले आयोजना गरेको सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच व्यापारिक छलफल भएको छ । यो भेटमा दुई देशबीच व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्ने र कैलाश–मानसरोवर तीर्थयात्रालाई सहज बनाउने विषयमा छलफल भए पनि नेपालको लिपुलेक क्षेत्र भूभाग अतिक्रमणको मुद्दालाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । यो घटनाले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रश्न उठाएको छ । नेपाली राजनीतिक वृत्त, बुद्धिजीवी र सर्वसाधारणले यो विषयलाई लिएर चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।

सी र मोदीबीचको भेटमा दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विषयमा छलफल भएको थियो । विश्वका दुई ठूला अर्थतन्त्रले भारत र चीनले आपसी व्यापार घाटा कम गर्ने, सीमा क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्ने र संयुक्त लगानीका अवसरहरू खोज्ने विषयमा सहमति जनाए । विशेषगरी, लिपुलेक मार्गलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने पुरानो सम्झौतालाई निरन्तरता दिँदै थप व्यापारिक मार्गहरू खोल्ने कुरामा जोड दिइएको छ । यस्तै, कैलाश–मानसरोवर तीर्थयात्रालाई थप व्यवस्थित र सहज बनाउने विषयमा पनि कुराकानी भएको भारतीय र चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालको दार्चुला जिल्लामा अवस्थित लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग हो भन्नेमा नेपाल सरकार र यहाँका बुद्धिजीवीहरू स्पष्ट छन् । सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वी भागमा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन् । तर, भारत र चीनले सन् २०१५ मा नेपालको सहमतिबिना लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेका थिए, जसको नेपालले कडा विरोध गरेको थियो । हालैको भेटमा पनि यही सहमति दोहोरिएको र नेपालको चासोलाई बेवास्ता गरिएको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतले लामो समयदेखि सैन्य कब्जा जमाएको छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले यी क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो, जसलाई नेपालले बारम्बार अतिक्रमणको संज्ञा दिँदै आएको छ । नेपालले सन् २०२० मा यी क्षेत्रहरूलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो, जुन संविधान संशोधनमार्फत आधिकारिक बनाइएको थियो । यद्यपि, भारतले यो नक्सालाई मान्यता नदिने अडान लिँदै आएको छ ।
हालैको सी–मोदी भेटमा लिपुलेकको मुद्दालाई पूर्ण रूपमा बेवास्ता गरिनुले

नेपालको सार्वभौमिकतामाथि ठूलो प्रश्न उठाएको छ । परराष्ट्र मामिलाका जानकार डा. बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘लिपुलेक नेपालको भूभाग हो भन्ने पर्याप्त ऐतिहासिक र कानुनी प्रमाण छन् । यो विषयलाई नेपाल–भारतबीचको द्विपक्षीय मुद्दाबाट त्रिपक्षीय बनाइएको छ, जसमा चीनको पनि संलग्नता छ । यस्तो अवस्थामा त्रिपक्षीय संवाद आवश्यक छ ।’ उनले नेपालले यो विषयलाई कूटनीतिक रूपमा दृढतापूर्वक उठाउनुपर्ने र अन्तर्राष्ट्रिय मञ्चमा लैजानुपर्ने सुझाव दिएका छन् ।
रास्वपाले पनि यो विषयमा नेपाल सरकारको उदासीनताप्रति गम्भीर आपत्ति जनाएको छ । रास्वपाले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभागमाथि कुनै पनि गतिविधि वा सम्झौता नेपालको सहमतिविना वैध मान्न सकिँदैन । यो विषयलाई सरकारले प्राथमिकताका साथ उठाउनुपर्छ ।’ यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो मुद्दालाई राष्ट्रिय अस्तित्वको सवालका रूपमा लिएर संयुक्त कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

नेपाल सरकारले यो विषयमा कूटनीतिक रूपमा सक्रियता देखाउन नसकेको आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयले सन् २०१५ र सन् २०२० मा भारत र चीनलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति जनाएको थियो, तर त्यसपछिका कदमहरू प्रभावकारी देखिएका छैनन् । नेपालले यो मुद्दालाई संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय मञ्चमा लैजाने तयारी गरेको खबरहरू आए पनि ठोस कदम चालिएको छैन । भारत र चीन दुवैले नेपालको चासोलाई बेवास्ता गरिरहेका छन्, जुन शक्तिशाली राष्ट्रहरूको साना राष्ट्रप्रतिको असंवेदनशीलताको उदाहरण हो । त्यसैले नेपालले आफ्नो कूटनीतिक क्षमता बलियो बनाउनुपर्छ ।

लिपुलेक मुद्दाले नेपालमा जनस्तरमा ठूलो आक्रोश पैदा गरेको छ । काठमाडौं, पोखरा, धनगढीलगायतका सहरहरूमा नागरिक र विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सरकारलाई यो विषयमा कडा कदम चाल्न दबाब दिएका छन् । स्थानीय बासिन्दा र व्यास गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले लिपुलेक क्षेत्र प्राचीनकालदेखि नै नेपाल–तिब्बतबीचको व्यापारिक मार्ग रहेको बताउँदै यसलाई नेपालको सहमतिबिना प्रयोग गर्न नहुनेमा जोड दिएका छन् । उनले भने, ‘यो हाम्रो पुख्र्यौली भूमि हो । भारत र चीनले हाम्रो सहमति बिना यो क्षेत्रमा कुनै गतिविधि गर्न पाउँदैनन् ।’

विज्ञहरूले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । लिपुलेकमा नेपालको दाबीलाई बलियो बनाउन पर्याप्त प्रमाण छन् । यो विषयलाई संयुक्त राष्ट्रसंघको कानुनी मामिला कार्यालयमा लैजानुपर्ने विज्ञको भनाइ छ । यस्तै, फिनल्यान्ड र स्विडेनबीचको ‘ओलन्ड आइल्यान्ड’ मोडललाई उदाहरण दिँदै कतिपयले त्रिपक्षीय संवादबाट समाधान खोज्न सकिने उनीहरुले बताएका छन् ।

नेपालले यो विषयमा भारत र चीन दुवैसँग त्रिपक्षीय वार्ताको प्रस्ताव राख्नुपर्ने र त्यसमा असफल भए अन्तर्राष्ट्रिय मध्यस्थताको बाटो रोज्नुपर्ने विज्ञहरूको सुझाव छ । भारत र चीनले आफ्नो व्यापारिक र रणनीतिक स्वार्थलाई प्राथमिकता दिएको यो घटनाले नेपालको कूटनीतिक कमजोरी र शक्तिशाली छिमेकीहरूको असंवेदनशीलतालाई उजागर गरेको छ । नेपाल सरकारले यो विषयमा दृढतापूर्वक कदम चालेर आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने बेला आएको छ । कूटनीतिक संवाद, अन्तर्राष्ट्रिय मञ्चमा पहल र जनस्तरको दबाबले मात्र यो मुद्दालाई सही दिशामा लैजान सकिन्छ । अन्यथा, नेपालको भूभागमाथिको अतिक्रमणले दीर्घकालीन प्रभाव पार्नेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

६ घण्टा अगाडि
परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक