काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले उपनिनर्वाचन नयाँ र वैकल्पिक शक्तिहरूको लागि ०८४ को लागि रिहर्सल हुने जनाएका छन्।
सोमबार भट्टराईले रूपन्देही-३ मा हुने उपनिनर्वाचन नयाँ र वैकल्पिक शक्तिहरूको लागि ०८४ मा हुने चुनावका लागि रिहर्सल हुने जनाएका हुन्।
‘यो सामान्य नभएर ऐतिहासिक महत्वको चुनाव पनि हुनसक्छ,’ उनले भने, ‘यदि नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र सुझबुझपूर्ण तबरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित सकारात्मक विजयमा परिणत गर्नसके भने यो २०८४ को निर्वाचनकालागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्छ।’ यस्तै, नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उमेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान दिन भट्टराईले सुझाएका छन्।


