काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाको महामारी नियन्त्रणका लागि वीरगञ्जमा नेपाली सेनासहित सबै सुरक्षा निकायका चिकित्सक परिचालन गरिने जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरी हैजा नियन्त्रण गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।
हैजा नियन्त्रणका लागि सरकारका तर्फबाट सक्दो पहल भइरहेको र रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए।
प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी गराए।


