आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

‘मैले संविधानले दिएको अधिकार प्रयोग गरेँ’

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
‘मैले संविधानले दिएको अधिकार प्रयोग गरेँ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्ण ज्ञवाली

काठमाडौं । सर्वोच्च अदालतमा हरेक बिहान सुरु हुने गोला तान्ने प्रक्रियामा भाग लिएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सोझै मुख्यरजिष्ट्रारको कार्यकक्षसँगको बैठककक्षमा प्रवेश गरे ।

सर्वोच्च अदालत प्रशासनले निम्त्याएका सीमित पत्रकारमाझ लामो भूमिका बाँधेर प्रधानन्यायाधीश राउतले भने, ‘मैले आज रोष्टरबाट संवैधानिक इजलास तोकेँ । सबैले मलाई आफ्नो अधिकार प्रयोग गरे हुन्छ भनेका थिए, मैले मेरो अधिकार प्रयोग गरेँ ।’ प्रधानन्यायाधीश राउतको यो घोषणासँगै झण्डै एक महिनादेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास फेरि चालु भएको छ ।

र, बुधबारदेखि प्रधानन्यायाधीश राउतले सुरु गरेको अभ्यासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश रहने अभ्यास भंग भएको छ ।

बुधबारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा छन् ।

यदि वरिष्ठताक्रममा इजलास तोकेको भए राउत र मल्लसहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्मा संवैधानिक इजलासमा पर्थे । उनीहरुको ठाँउमा ६ नम्बर बरियताका न्यायाधीश डा. नहकुल सुवेदी, ७ औं नम्बरका तिलप्रसाद श्रेष्ठ र ८ औं नम्बरका विनोद शर्मा संवैधानिक इजलासमा परेका हुन् ।

अहिलेसम्मको अभ्यास हेर्दा संवैधानिक इजलास गठनमा एकरुपता नभएको भन्दै प्रधानन्यायाधीश राउतले कहिले वरिष्ठताका आधारमा त कहिले कहिले प्रधानन्यायाधीशले इजलास छानेको विगत रहेको जनाए ।

त्यसका साथै कहिलेकाही इजलासका न्यायाधीशले रेक्यूजल(मुद्दा हेर्नबाट अलग हुने घोषणा)बाट इजलास गठन भएको भन्दै उनले अहिले पनि छलफलका क्रममा विभिन्न दृष्टिकोणहरु आएको बताए । ‘फूलकोर्टमै छलफल हुँदा पनि केही साथीहरुले वरिष्ठताका आधारमा छान्नुपर्छ भने, केहीले रोष्टर(सूची)बाट न्यायाधीश छानिनुपर्ने माग गरे’ प्रधानन्यायाधीश राउतले भने, ‘मैले आज रोष्टरबाट संवैधानिक इजलास गठन गरेँ ।

यदि वरिष्ठताक्रममा इजलास तोकेको भए राउत र मल्लसहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्मा संवैधानिक इजलासमा पर्थे । उनीहरुको ठाँउमा ६ नम्बर बरियताका न्यायाधीश डा. नहकुल सुवेदी, ७ औं नम्बरका तिलप्रसाद श्रेष्ठ र ८ औं नम्बरका विनोद शर्मा संवैधानिक इजलासमा परेका हुन् ।

बुधबार गोला प्रक्रियाबाट सर्वोच्च अदालतमा एकल र संयुक्त इजलासका साथसाथै संवैधानिक इजलास गठन गरेपछि प्रधानन्यायाधीश राउतले पत्रकारसँगको कुराकानीमा संविधानको धारा १३७(१)ले आफूलाई दिएको अधिकार प्रयोग गरेको जनाए ।

नेपालको संविधानको धारा १३७(१) मा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्था छ । जसमा, ‘(संवैधानिक इजलास)मा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने’ व्यवस्था छ ।

हुन त विगतमा पनि प्रधानन्यायाधीशले यही संवैधानिक अधिकार प्रयोग गरेर शुरुदेखि हालसम्म संवैधानिक इजलास गठन गरेका थिए । तर प्रधानन्यायाधीश राउतले आफूले त्यही संवैधानिक अधिकार प्रयोग गरेर रोष्टरबाट न्यायाधीश छानेर इजलास गठन गरेको र त्यसमाथि कुनै संवैधानिक एवं कानूनी प्रश्न नरहेको सन्देश दिन खोजेका थिए ।

‘विवादै थिएन’

प्रधानन्यायाधीश राउतले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतभित्र र फूलकोर्टमा समेत कुनै विवाद नभएको बरु विभिन्न कारणले एक महिनायता संवैधानिक इजलास बस्न नसकेको जिकिर गरे ।

सर्वोच्च अदालतका अरु इजलासका साथसाथै संवैधानिक इजलासको कामकारवाहीलाई पनि थप प्रभावकारी र पारदर्शी बनाउनेबारे छलफल चलेको र त्यसक्रममा कुनै विवाद नभएको भन्दै उनले थपे, ‘सौहाद्रपूर्ण छलफल भएको विषयमा पत्रकारहरुले सर्वोच्च अदालतभित्र विवादै विवाद भयो भनेर लेख्नुभयो । कतै प्रधानन्यायाधीशलाई कमजोर बनाउन त यो कुरा आएन ?’

१४ साउन, २०८२ मा फूलकोर्टमा घनिभूत छलफल भएको र त्यसपछि न्यायाधीश नियुक्ति, सरुवा लगायत न्यायपरिषद्को कामले गर्दा आफूलाई फुर्सद नभएर संवैधानिक इजलास गठन हुन नसकेको उनको जिकिर थियो । उनले साउनका कुन मितिमा किन र कसरी संवैधानिक इजलास गठन हुन सकेन भन्नेबारे विस्तृत फेहरिस्त नै प्रस्तुत गरे ।

सर्वोच्च अदालतको वार्षिक समीक्षा कार्यक्रममा प्रधानन्यायाधीश राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलासमा अरु चार न्यायाधीश छान्ने प्रस्ताव गरेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरुले त्यसको तीब्र विरोध गरेका थिए । कतिपयले त गोलाप्रथा लागु भए आफूले गोला नतान्ने बरु ‘तपाईले नै न्यायाधीश छान्नुहोस्’ भनी प्रधानन्यायाधीश राउतलाई चेतावनी दिएका थिए ।

प्रधानन्यायाधीश राउतले फूलकोर्टमा कुनै विवाद नभएको दाबी गरेपनि उनैले न्यायाधीशहरुबीच दुईथरी राय आएको स्विकार गरे । केहीले बरिष्ठताका आधारमा इजलास गठन हुनुपर्ने सुझाव दिएको र केहीले रोष्टर(सूची)मा रहेकाहरुबाट प्रधानन्यायाधीशले छान्नुपर्छ भन्ने राय दिएको बताए । दुईथरी दृष्टिकोणकाबीचमा आफूले रोष्टरबाट न्यायाधीश छानेको उनको भनाई थियो ।

‘२४ हजार मुद्दाको चिन्ता खै ?’

प्रधानन्यायाधीश राउतले आफू समग्र न्यायपालिकाको समस्या सुधारका लागि सक्रिय भएको तर पत्रकारहरु सीमित विषयमा मात्रै केन्द्रित भएको भन्दै असन्तुष्टि जनाए । सर्वोच्च अदालतमा २४ हजारभन्दा बढी मुद्दा विचाराधिन भएको अवस्थामा त्यतातिर ध्यान नगएको भन्दै उनले थपे, ‘संयुक्त इजलासले हेर्ने खालका कैयौंै मुद्दा त्यत्तिकै छन् । तर पनि संवैधानिक इजलास बसेर भनेर (मिडियामा) आइरहेको छ ।’

सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्दा अरु ३ वटा संयुक्त इजलास सञ्चालन हुने र तिनले कैयौ मुद्दा टुंग्याउन सक्ने भन्दै उनले संवैधानिक इजलासमा दिनभर बस्दा एउटा पनि मुद्दा टुंग्याउन कठिन हुने तर संयुक्त इजलासले कयौं मुद्दा किनारा लगाउनसक्ने बताए । उनले भने, ‘संवैधानिक इजलास नबस्दा अरु इजलासहरु बसे र कयौंै मुद्दा हेरियो भन्ने कुरा कहिल्यै आएन ।’

यो पनि पढ्नुहोस्

डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मसौदा सार्वजनिक

डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मसौदा सार्वजनिक

२ मिनेट अगाडि
गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन जरुरी सार्वजनिक सूचना जारी

गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन जरुरी सार्वजनिक सूचना जारी

७ मिनेट अगाडि

संवैधानिक इजलासमा भएका महत्वपूर्ण र संवेदनशील मुद्दाहरु टुंगिइसकेको भन्दै प्रधानन्यायाधीश राउतले त्यहाँ भएका कतिपय मुद्दाहरु संयुक्त इजलासले हेर्ने खालको र सामान्य प्रकृतिको भनी टिप्पणी गरे ।

आफू आएपछि लामो समयदेखि रोकिएका महत्वपूर्ण मुद्दा टुंगिएको भन्दै उनले थपे, ‘अपरिहार्य र आवश्यक छ भने संवैधानिक इजलास बस्ने हो, अरु महत्वपूर्ण काम छन् भने त्यसतर्फ पनि हेर्नुपर्ने हुन्छ ।’

२०७२ सालमा संविधान जारी भएपनि सर्वोच्च अदालतमा संवैधानिक इजलासको गठन भएको हो । सरुमा प्रधानन्यायाधीश सहित वरिष्ठताक्रममा माथि रहेका न्यायाधीशहरु इजलासमा रहने अभ्यास भएकोमा पछि सर्वोच्च अदालतले चार जनाभन्दा बढी न्यायाधीशहरुको पनि रोष्टर बनाउन सकिने व्याख्या गरेको थियो ।

२०७२ सालमा संविधान जारी भएपनि सर्वोच्च अदालतमा संवैधानिक इजलासको गठन भएको हो । सरुमा प्रधानन्यायाधीश सहित वरिष्ठताक्रममा माथि रहेका न्यायाधीशहरु इजलासमा रहने अभ्यास भएकोमा पछि सर्वोच्च अदालतले चार जनाभन्दा बढी न्यायाधीशहरुको पनि रोष्टर बनाउन सकिने व्याख्या गरेको थियो ।

त्यही व्याख्याका आधारमा २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा १४ जनासम्म संवैधानिक इजलासको रोष्टरमा राखियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले १४ जनाबाट आफू अनुकूलका ४ जना न्यायाधीश छानेर इजलास गठन गरेपछि कानून व्यवसायीहरुले त्यसको चर्को विरोध भयो ।

त्यसपछि प्रधानन्यायाधीश र सर्वोच्च अदालत बार एसोसिएसनको छलफल वरिष्ठताक्रमका आधारमा संवैधानिक इजलास गठनको अभ्यास भएको थियो । त्यो अभ्यास अहिलेसम्म कायम रहेकोमा बुधबारदेखि प्रधानन्यायाधीश राउतले रोष्टरबाट न्यायाधीश चयन प्रक्रिया सुरु गरेका हुन् ।

तत्कालिन प्रधानन्यायाधीश जबरामाथि न्यायाधीश छानेर इजलास गठन गरेको र न्यायमा सौदाबाजी गरेको आरोप थियो । आफू अनुकूल न्यायाधीश चयन गर्दा अहिलेका प्रधानन्यायाधीश राउतमाथि समेत त्यो प्रश्न उठ्नसक्ने जोखिम छ ।

तर प्रधानन्यायाधीश राउतले सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा आफू निष्ठामा विश्वास गर्ने भन्दै त्यो प्रश्न नआउने दाबी गरे । ‘निष्ठाको मानिस नेतृत्वमा पठाएपछि उसले निष्ठा नै देख्छ, अरु हेर्दैन’ उनले भने, ‘निष्ठाका आधारमा (न्यायाधीश चयनको) निर्णय गरेपछि प्रश्न उठ्दैन ।’ ONLINEKHABAR

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक