बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

पृथ्वी परिक्रमाको गति एक्कासी कम !

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
पृथ्वी परिक्रमाको गति एक्कासी कम !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । गत अगष्ट ५ मा वैज्ञानिकहरुले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यसदिन पृथ्वीको परिक्रमाको गति सामान्य भन्दा एक्कासी कम भएको थियो । जसका कारणले दिन केही लामो भयो ।

यद्यपि पृथ्वीको गतिमा आएको गिरावट र दिनको लम्बाइमा भएको वृद्धि आम मानिसले हेक्का पाउने कुरै भएन । तथापि वैज्ञानिकहरुले उक्त घटनालाई महत्वपूर्ण परिघटना भएको बताएका छन् । सो घटनाले पृथ्वीलाई आफ्नो अक्षमा परिक्रमा गर्ने कार्यलाई प्रभावित पार्ने शक्तिहरुका बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्नसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

पृथ्वी आफ्नो अक्षमा घुम्दछ र सूर्यको वरिपरि पनि परिक्रमा गर्दछ । भूमध्यरेखामा पृथ्वीको गति १६७० किलोमिटर प्रतिघण्टा छ । त्यसैगरी सूर्यको परिक्रमा गर्दा यसको गति चाहिँ प्रतिघण्टा १ लाख ७ हजार किलोमिटर रहेको छ ।

वैज्ञानिकहरुका अनुसार अगष्ट ५ मा पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्नका लागि ८६४००.००१४५ सेकेण्ड लगायो । यो भनेको औसतभन्दा १.४५ मिलिसेकेन्ड अधिक हो । पृथ्वीको घुम्ने गतिमा यो परिवर्तन सानो हो । जसका कारणले गर्दा परमाणु घडी तथा खगोलीय अवलोकनको उपयोग गरेर सटिक मापनबाट मात्रै उक्त तथ्य पत्ता लागेको हो ।

वास्तवमा एक सौर्य दिन अर्थात् २४ घण्टामा ८६ हजार ४ सय सेकेण्ड हुन्छ । यो अवधि भनेको पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समय हो । यसमा हावाको ढाँचा, सामुद्रिक ज्वारभाटा तथा पृथ्वीको आन्तरिक भागमा हुने गतिविधिहरुको परिवर्तनले स–साना परिवर्तनहरु स्वभाविक रुपमा हुन्छन् । यसका अलावा चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पनि पृथ्वीको परिक्रमण गतिलाई सुस्त बनाउनमा भूमिका खेल्दछन् ।

वैज्ञानिकहरुका अनुसार अगष्ट ५ का दिन पृथ्वीको घुम्ने गतिमा आएको गिरावट दक्षिण गोलार्धस्थित वायुमण्डलीय परिस्थितिहरुसँग सम्बन्धित थियो । कतिपय क्षेत्रहरुमा सामान्यभन्दा तीव्र गतिको हावाले पृथ्वीको सतहमा एक मिनेटको ब्रेक लगायो, जसबाट दिनको लम्बाईमा मिलि सेकेण्डको वृद्धि भयो ।

चन्द्रमाको गुरुत्वाकर्षणबाट प्रभावित सामुद्रिक ज्वारभाटाहरुले पनि यसमा योगदान गरे । वैज्ञानिकहरुका अनुसार जब ज्वारीय गुरुत्वाकर्षण अधिक हुन्छ, तब यस्तो खालका घटनाहरु देख्न पाइन्छ । पृथ्वीको तरल अवस्थामा रहेको आन्तरिक संरचनामा हुने गतिविधिहरुले पनि घुम्ने गतिलाई प्रभावित गर्दछन् ।

वैज्ञानिकका अनुसार पृथ्वीको गतिमा एक मिलीसेकेन्डभन्दा केही मात्रै पनि अधिक परिवर्तन भयो भने त्यसले जिपिएस नेभिगेसन तथा उपग्रह सञ्चार जस्ता अत्यधिक सटीक प्रणालीहरुलाई प्रभावित गर्न सक्दछन् । यदि यस्तो भएमा समयसँग सम्बन्धित विभिन्न गणनाहरुमा त्रुटि आउन सक्दछ ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

४२ मिनेट अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

४९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक