कपिलवस्तु । बाणगंगा नगरपालिका-७ घेरूवा बनगाई बस्ने केशव सुनारको सुपादेउराली न्यू अर्घाखाँची सुनचाँदी पसलबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब १९ लाख रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


