सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रथम महिला प्रहरी सम्मेलन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
प्रथम महिला प्रहरी सम्मेलन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा ‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ संचालित दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुक्रबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ ।

समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउनु हुने महानुभाव तथा विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तिकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको चर्चा गर्दै नेपाल प्रहरीमा पहिलो पटक देश भरका महिला प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त महिला प्रहरी अधिकृतहरू, महिला सशक्तिकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावहरूलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदान प्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलनले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुती, सहभागीहरूको विचार एवम् अनुभवको आदान प्रदान, अन्तर्क्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण, सल्लाह एवम् सुझाव प्राप्त भएको र लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढिकरणको लागि प्रभावकारी रणनीति तर्जुमा गर्नको लागि समेत यो सम्मेलन अत्यन्तै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहसचिव दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन अत्यन्तै गहन एवम् महत्वपूर्ण रहेको र यसको कार्यान्वयनको लागि विशेष आग्रह गर्नुका साथै सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्षहरू आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तको रूपमा अबलम्वन गर्न आवश्यक रहेको बताउनुभयो । सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवले महिला प्रहरी कर्मचारीहरूको सशक्तिकरणमा मात्रै नभई नागरिक सेवा प्रवाहमा क्षमता अभिवृद्धि, समुदायमा विश्वास, संस्थागत सबलीकरण र सुदृढिकरणका साथै प्रहरी संगठनलाई थप न्यायिक, उत्तरदायी एवम् समाजमैत्री बनाउन समेत उल्लेखनीय योगदान पुर्‍याउने उहाँले बताउनुभयो । नेपाल प्रहरी संगठन सहित महिला प्रहरी कर्मचारीहरूको क्षमता विकास तथा दक्षता अभिवृद्धि, सक्रिय सहभागीता, प्रभावकारी नेतृत्व तथा समग्र वृत्तिविकासमा गृहमन्त्रालयले निरन्तर अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्मेलनमा व्यक्त भएका विचारहरू, विभिन्न विषयमा विज्ञहरूको विश्लेषण, अनुसन्धान प्रतिवेदनका प्रस्तुतीहरू, सहभागीहरूको अनुभवको आदान प्रदान र अन्तर्क्रिया मार्फत नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण तथा सुझावहरू प्राप्त भएको बताउँदै सम्मेलनबाट प्राप्त भएका सुझाव एवम निष्कर्षहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा समेत महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गरेको चर्चा गर्दै आगामी दिनमा समेत उच्च मनोबल र थप जोश जाँगरका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न संगठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवम् जनमुखी बनाउन यस सम्मेलन कोशेढुंगा सावित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्मेलनबाट पारित गरिएको घोषणापत्र बारे जानकारी दिनुभएको थियो । सो अवसरमा त्रिभुवन विश्व विद्यालयका Department of Gender Studies का प्रा.डा. विन्दु पोखरेलले सम्मेलनको गहनता, आवश्यकता र औचित्यता सहितको मन्तव्य तथा सम्मेलनमा सहभागीहरूको तर्फबाट प्रहरी नायव निरीक्षक संगीता रसाइलीले आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।

 

 

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

५५ मिनेट अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक