बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा बेइजिङमा सुरु

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा बेइजिङमा सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेइजिङ। विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा शुक्रबारदेखि बेइजिङमा सुरु भएको छ । मानिसको स्वरूपमा प्रस्तुत हुने यस खेलमा ५०० भन्दा बढी गैर–मानव (एन्ड्रोइड) खेलहरू समावेश गरिएका छन् । प्रतिस्पर्धामा १०० मिटर लामो दौडदेखि कुङ फूसम्मका स्पर्धालाई समेटिएको आयोजकले जनाएको छ ।

सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि निर्माण गरिएको चीनको राजधानीको ‘नेसनल स्पिड स्केटिङ ओभल’मा १६ देशका सयौं रोबोटिक्स टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

खेलहरूमा एथलेटिक्स र बास्केटबलजस्ता परम्परागत खेलका साथै औषधि वर्गीकरण र सफाइजस्ता व्यावहारिक कार्यहरू पनि समावेश छन्।

“मलाई विश्वास छ, आगामी १० वर्षमा रोबोट पनि मानिसकै स्तरमा हुनेछन्,” उत्साही १८ वर्षीय दर्शक चेन रुइयुआनले एएफपीसँग भने ।

आधुनिक मानव खेलाडीहरू यस्ता गैर–मानव खेलका कारण अझै पनि आफ्नो भविष्यप्रति चिन्तित भइनसकेको अवस्थामा भएको यो स्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

शुक्रबार बिहान पहिलो स्पर्धामध्ये एकमा पाँच–अलग फुटबलसहित सात–वर्षीय बच्चाहरूको आकारको १० रोबोटहरू ग्राउन्डको वरिपरि घुमिरहेका थिए । उनीहरूले प्रायः परम्परागत फुटबलमा खेलाडीहरूले गर्ने शारीरिक हाउभाउसमेत देखाएको भान हुन्थ्यो ।

खेलअन्तर्गत पन्ध्र सय मिटर दौडमा घरेलु च्याम्पियन युनिट्रीको ह्युमोनोइड्सले सजिलैसँग आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गरेको छ । स्पर्धामा तीव्र गतिको रोबोटले छ घण्टा २९ मिनेट ३७ सेकेन्डमा एक हजार ५०० मिटरको दूरी पार गर्न सफल भयो ।

यो मानवस्पर्धाको पुरुषतर्फको तीन घण्टा २६ मिनेट ०० सेकेन्डको विश्व रेकर्डभन्दा निकै ढिलो हो तर रोबोटको विकासको लागी उल्लेख्य उदाहरण हो । दौडका क्रममा एक जना ‘मेकानिकल रेसर’ ले खेल सञ्चालनमा सघाइरहेका एक जना मानव अपरेटरलाई सीधै ठक्कर दिएपनि कुनै चोट भने लागेन ।

– राष्ट्रिय रणनीति–

चीनमा दशकौँदेखि रोबोट प्रतियोगिता हुँदै आएको छ, तर सन् २०२५ को अन्तर्राष्ट्रिय ह्युमनोइड रोबोट प्रतिस्पर्धा मानव शरीरसँग मिल्दोजुल्दो रोबोटमा विशेष ध्यान केन्द्रित गर्ने पहिलो खेल हो।

चीन सरकारले रोबोटिक्स उद्योगको नेतृत्व गर्ने आशामा रोबोटको विकासमा ठूलो सहयोग र समर्थन गरेको छ। इन्टरनेसनल फेडेरेसन अफ रोबोटिक्सले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, “बेइजिङले ह्युमनोइड्सलाई आफ्नो राष्ट्रिय रणनीतिको केन्द्रमा राखेको छ ।

“सरकार प्रविधिको यस क्षेत्रमा आफ्नो क्षमता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्न चाहन्छ,” विज्ञप्तिमा भनिएको छ।अधिकारीहरूले समाजभरि यस क्षेत्रको बारेमा जागरूकता बढाउन काम गरिरहेका छन्।

आफ्नो १० वर्षीया छोरीसँग रहेकी कुइ हानले एएफपीसँग कुरा गर्दै आफ्नो छोराको विद्यालयले खेलको सहयोगका लागि पैसा तिरेको बताए ।

“मलाई आशा छ, यसले मेरो छोरालाई यी नयाँ प्रविधिहरूको बारेमा थप सिक्न प्रोत्साहित गर्नेछ,” उनले भने।

मार्चमा चीनले रोबोटिक्स र एआईलगायत प्रविधिको उत्पादन र विकासका लागि सहयोग गर्न १० खर्ब युआनको कोषको योजना घोषणा गरेको थियो ।

यो देश पहिले नै औद्योगिक रोबोटको लागि विश्वको सबैभन्दा ठूलो बजार भएको तथ्याङ्कले देखाउँछ । अप्रिलमा बेइजिङले विश्वको पहिलो ‘ह्युमोनोइड रोबोट हाफ म्याराथन’ आयोजना गरेको थियो।

प्रत्यक्षदर्शी चेनले एएफपीसँग कुरा गर्दै आफू विश्वविद्यालयमा ‘अटोमेसन’को अध्ययन सुरु गर्न लागेको बताए ।

उनेले भने, “यहाँ आएर यो क्षेत्रप्रतिको लगाव जगाउन सकिन्छ । मेरो मनपर्ने खेल बक्सिङ हो र म वास्तवमा रोबोटहरू पहिलेभन्दा कसरी सुधार भएका छन् अध्ययन गर्न चाहन्छु।”

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

७ घण्टा अगाडि
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक