काठमाडौं । काठमाडौं जिल्ला अदालतले तोकेको धरौटी बुझाउँदा समेत चक्रे मिलन उर्फ मिलन गुरुङ नछुट्नुमा एक वर्षअघि बाँकेमा भएको खुकुरी प्रहारपछि उत्पन्न विषय जोडिएको खुलेको छ ।
बाँकेको राप्ती सोनारी-२ बिलौना चोकमा २ भदौ २०८१ मा समीर बिष्ट, सन्दीप बिष्ट, सुलभ लगायतमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएको भन्दै उनीहरूलाई भारत उपचार गर्न समेत लगिएको थियो । यो खुकुरी आक्रमणमा सोनारी-२ का वडाध्यक्ष ज्ञानेन्द्र भनिने ज्ञानु वलीसहित चार जना पक्राउ समेत परेका थिए ।
एमालेबाट वडाध्यक्ष जितेका उनी एमालेकै युवा संघ बाँकेको अध्यक्ष समेत थिए । यता कुटाइ खाने व्यक्तिहरू भने कांग्रेसको तरुण दल र नेविसंघमा आवद्ध थिए ।


