सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बिश्व अमेरिकी प्रभूत्वको बिकल्प बन्ला त ब्रिक्स ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
हालै भारतले जारी ब्यापार बार्तामा अमेरिकाद्वारा गरिएका सबै मागहरु स्वीकार नगरेका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि  २५ प्रतिशत ब्यापार कर(टेरिफ) लगाइएको घोषणा गरे । त्यसमाथि भारतले रुसी तेल खरिद गरेकोमा थप २५ प्रतिशत ब्यापार कर सजायकोरुपमा पनि अमेरिकाद्वारा लगाइएको छ । हुन पनि अमेरिका र यूरोपेली संघले भारत जस्ता देशहरुलाई रुससँग ब्यापार जारी नराख्न खुल्लंखुल्ला दबाब दिदैछन् । तर उनीहरु स्वयं भने रुससँगको ब्यापार जारी राखिरहेका छन् । भारतीय प्रगतिशील शक्तिहरु भने भारत सरकारलाई यस्ता ‘अनुचित र अन्यायपूणर्’ अमेरिकी दबाबका अगाडि नझुक्न जोड दिइरहेकाछन् र भनिरहेका छन् कि अमेरिकी ब्यापार कर बृद्धिले भारतीय निर्यातकर्ताहरुमाथि प्रतिकूल प्रभाव पर्ने भएकोले उनीहरुको हितको रक्षा गर्न ठोस कदमहरु उठाउनु पर्दछ भनिरहेकाछन् । ती प्रगतिशील शक्तिहरुले अमेरिकी धम्की बिरुद्ध आफ्नो देशको आर्थिक सम्प्रभूताको रक्षा गर्न आन्दोलनरत रहनु पर्ने निष्कर्श पनि निकाल्दै त्यसको निम्ति अग्रसरता र पहल लिने पनि बताएका छन् ।
हुन पनि भारत यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्यापार करका कारणले अमेरिकासँग निकै अप्रसन्न भएको र अत्तालिएको पनि देखिदैछ । यसको बिकल्पमा अझ बढी एकजुटता र सकृयताको कुरा उठाउन थालेको छ । अमेरिकाले पुनः थप २५ प्रतिशत ब्यापार कर लगाउनुको पछि भारत आर्थिक शक्ति बन्ने डर पनि हो भन्ने औंल्याउँदैछ । हुन पनि २५ प्रतिशत पारस्परिक(रेसिप्रोकल) कर पछि पनि ट्रम्पले २५ प्रतिशत ब्यापार कर लगाए त्यसको पछाडिको कारण भारतले रुससँग तेल र सैन्य उपकारण किन्ने गरेकोले लगाएको बताए । द्ययपि यो ब्यापार करको नयाँ दर यही महिनाको २७ अगष्टदेखि लागु हुने बताइएको छ ।  तर भारतले भने ट्रम्पको टेरिफ चूनौतिलालाई दबाब नीति भनेर ट्रम्पकै जस्तो भाषामा जबाफ दिएको छ र अतिरिक्त शुल्क लगाउने अमेरिकी कारबाहीलाई अनुचित अन्यायपूर्ण र अबिबेकपूर्ण भन्ने संज्ञा दिएको छ । अनि भारत यस्तो दबाबमा आएर झुक्ने देश होइन समेत भनेको छ ।
हुन पनि अमेरिकालाई भारत र रुस बीचको मित्रता र सह कार्य हिजोदेखि नै कहिल्यै पनि मन परेको होइन । बिगत देखि नै अमेरिका भारतले रुससँग उर्जा र हतियार किन्ने कुरामा निरन्तर टक्कर दिदै आएको पनि हो । अहिलेको बिद्यमान रुस–यूक्रेन युद्धमा भारतले अपनाएको दृष्टिकोणसँग पनि अमेरिका अप्रसन्न छ । ग्लोबल ट्रेड अनुसन्धान संस्था(जीटीआरआई)ले अमेरिकी निर्णयलाई पाखण्डपूर्ण भनेको छ र मास्कोसँग ब्यापारिक सम्वन्धमा आफ्ना सहयोगी भनिएका र मानिएकाहरु प्रतिको वाशिङ्गटनको रचनात्मक प्रबृत्तिको उजागर गरेको छ । भारतीय बिश्लेषकहरु भनिरहेका छन् वास्तबमा राष्ट्रपति ट्रम्पको यस कदमको कुनै तार्किक आधार छैन । अमेरिकाको सबैभन्दा ठूलो ब्यापार घाटा चीनसँग छ (२९५ अर्ब २०२४ कोट तथ्यांक) जसमाथि ट्रम्पले एक समयमा १४५ प्रतिशत शुल्क लगाएका थिए । तर चीनले दुर्लभ खनिज तत्वको आपूर्ति रोकिदिए पछि ट्रम्प पछि हट्नु परेको थियो । अब अमेरिकाको चीनमाथि केवल ३० प्रतिशत मात्र ब्यापार कर छ । जब कि चीन र तुर्की पनि रुसबाट तेल आयात गर्ने गर्दछन् । अनि भारतमालाई मात्र दण्ड किन भन्ने उनीहरुले प्रश्न उठाइरहेका छन् । यसबाट पनि केही स्पष्ट हुन्छ कि यस पटक भारतका साथै अन्य ब्रिक्स देशहरुमाथि मनोमानी किसिमले ब्यापार कर लागसउनका पछाडि ट्रम्पको मनसाय केही अरु नै रहेको प्रतीत हुन्छ र उनी ब्रिक्सको बढ्दो शक्तिबाट चिन्तित रहेका छन् भन्ने देखिन्छ ।
हुन पनि ट्रम्पले आफ्नो दोश्रो शासनकालदेखि नै ब्रिक्सलाई धम्की दिदै आएका हुन् । ब्रिक्स जसमा ब्राजिल, रुस, भारत, चीन दक्षिण अफ्रिका  संस्थापक सदस्यहरुका अतिरिक्त यसमा जोडिएका नयाँ सदस्यहरु  जस्तो मिश्र, ईरान, साऊदी अरब, यूएई, इथियोपिया आदि सामेल छन् । यस संगठनले जहाँ बिशवको लगभग आधा जनसंख्याकासाथै ३० प्रतिशतभन्दा बढी बिश्वको जीडीपीलाई पनि समेटेको छ भने चीन र भारत जस्ता बिश्वका दोश्रो र पाँचौ अर्थतन्त्र भएका देशहरु यसमा रहेका छन् । अर्कोतिर तिनीहरु बीचबाट नै बिश्व–दक्षिणको एउटा ठूलो सशक्त मञ्च पनि बनेको छ जसले ऊर्जा, ब्यापार, लगानी प्रबिधि र बैकल्पिक बित्तीय ढाँचालाई पनि बढावा दिएको छ  । प्राकृतिक संसाधन, बिशाल बजार, भू–राजनीतिक सन्तुलन र सामुहीक आवाज यसको ठूलो शक्ति हो ।
ब्रिक्ससँग ट्रम्पको चिन्ता मूख्यत दुइ कारणबाट बढेको देखिन्छ । उनको पहिलो चिन्ता ब्रिक्सद्वारा साझा मुद्रा(कम्मन करेन्सी) अबलम्बन गर्ने सम्भावना हो । त्यसका बारेमा उनले ब्रिक्सलाई पनि धम्की दिइसकेका छन् । दोश्रो चिन्ता उनलाई ब्रिक्सले अन्तर्राष्ट्रिय सहयोग, बहुध्रुबीय र समावेशी बिश्व ब्यबस्थाको निर्माणमा जोडदिने कुरालाई लिएर रहेको देखिन्छ ।यसको शुरुवात संयुक्त राष्ट्र, बिश्व स्वास्थ्य संगठन र बहुपक्षीय बिकास बैंक जस्ता बैशिक संस्थाहरुमा ब्यापक सुधारको लागि ब्रिक्सका सबै देशहरुले आह्वान गरिरहेका या गरिसकेका छन् । यसले गर्दा पनि बिश्वमाथि अमेरिकी प्रभूत्वलाई ठूलो धक्का लागिसकेको या लागिरहेको छ ।
यद्यपि ट्रम्पका यस ब्यापार कर कदमबाट ब्रिक्समा जुन ऐक्यबद्धता देखिएको छ त्यसलाई भारतले भबिष्यका लागि शुभ संकट मान्न सकिने बताइरहेकोछ । ब्राजिलकासाथै रुस, चीन तथा दक्षिण अफ्रिका जस्तो किसिमले भारतसँग खडा भइरहेको देखिदैछ त्यो भारतका लागि सकारात्मक खबर भन्न सकिन्छ । यसमा चीनले भारतमाथिको अमेरिकी ब्यापार करलाई ‘दबाबपूर्ण र अस्वीकार्य’ भनेको छ । अनि रुसले पनि यसलाई ‘बिश्व सहयोग रोक्ने असफल संरक्षणबाद’ बताएर बिरोध गरेको छ । दक्षिण अफ्रिकाले पनि ब्रिक्स राष्ट्रहरु मिलेर यो अमेरिकी कर थोपर्ने नीतिको बिरोध गर्नु पर्ने औंल्याएको छ ।
यसै बिच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको मस्को यात्रा र त्यसपछि रुसका राष्ट्रपति पुटीनको निकट भबिष्यमा भारतको यात्रा तथा त्यसपछि भारतका प्रधानमन्त्री मोदीको ३१ अगष्टदेखि १ सेप्टेम्बर २०२४ सम्म चीनको तियाञ्जिनमा हुने शंघाई सहयोग संगठन(एससीओ) को २५औ बैठकमा सहभागी बन्ने कुराले पनि भारत–चीन–रुसका बीच त्रिपक्षीय बार्ता पुनः शुरु हुने स्थिति पनि बिद्यमान छ । त्यसैले यस प्रकारको ब्रिक्सको बढ्दो एकजुटतालाई शायदै ट्रम्पले प्रभावित तुल्याउन सक्लान् भन्ने बिश्लेषण पनि गरिदैछ । त्यसो हुन गयो भने यो केवल ब्रिक्सका लागि मात्रै होइन कि सम्पूर्ण बिश्वका उत्पीडित राष्ट्र समुदायकै निम्ति हितकारी स्थिति बन्न जाने सम्भावना पनि छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय भावना जागृत नेपाः माया म्ह्याय् मचा प्रिमियर साे (म्यूजिक भिडियाेसहित)

३१ मिनेट अगाडि
कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जाेड

कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जाेड

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

Live: कांग्रेसको १५औं महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक