शनि, जेष्ठ १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्यका साथ नयाँ कार्यविधि प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरी सोको मस्यौदा तयार गरेको हो ।

हाल मस्यौदाका रूपमा तयार पारी सरोकार भएका निकायलाई आवश्यक राय सुझावका लागि पठाइएको हो । सो कार्यविधि तयार भई कार्यान्वयनमा आएपछि जलवायु परिवर्तनका कारण सिर्जित समस्याको समाधानका लागि कोसेढुङ्गा हुने विश्वास लिइएको छ ।

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले तयार पारी आवश्यक राय सुझावका लागि पठाइएको उक्त मस्यौदामा हानीनोक्सानी बापतको सम्बोधन, जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र कार्बन व्यापारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

नीति योजना तथा कार्यक्रम तय गर्दा नेपालको संविधान, प्रचलित नेपालको कानुन, सरकारले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता, वैदेशिक सहायता परिचालन नीति, राष्ट्रिय अनुकूल योजना, प्रदेश तथा स्थानीय तहको अनुकूलन योजना, जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय निर्धारित योगदान, दिगो विकास लक्ष्यका योगदान, सरकारका वार्षिक नीति तथा कार्यक्रम र प्राथमिकतालाई ध्यान दिनुपर्नेछ ।

जलवायु परिवर्तनमा नेपालको खासै योगदान नभए पनि वातावरणमा समस्याका साथै प्राकृतिक सङ्कट ब्यहोर्नु परेको छ । पानीका मुहान सुक्दै गएका, हिमाली क्षेत्रमा बाढीपहिरोको समस्या, हिमरेखा माथितिर सर्दै गएको, हिमालहरू काला पहाडमा परिणत हुँदै गएका छन् । बाढीपहिरोको जोखिम बढेको छ भने पानी पर्ने चक्रमासमेत परिवर्तन भएको छ ।

यी र यस्ता विद्यमान समस्यासँग जुध्ने उद्देश्यका साथ सरकारले उक्त मस्यौदा तयार पारेको हो । जलवायु परिवर्तनको असरको सामना गर्न थप स्रोतको आवश्यकता बढ्दै गएको छ । यसरी बढेको खर्चको आवश्यकतालाई सीमित आन्तरिक स्रोतले मात्र धान्न नसक्ने भए पनि बाह्य स्रोतको खोजी र पहुँच अभिवृद्धिका लागि नयाँ अवधारणा अगाडि सारिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक कार्यविधि ऐन, २०७६ को दफा ६५ दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले जलवायु वित्त परिचालन कार्यविधि, २०८२ जारी गर्न लागेको उल्लेख गरेको छ । सो कार्यविधिको मस्यौदामा साझा जलवायु कोषको व्यवस्था गरिने उल्लेख छ । जलवायु वित्त परिचालनमा भएको खण्डीकरण र दोहोरोपना रोक्न साझा जलवायु कोष अवधारणा अनुसार जलवायु वित्तको परिचालन गरिनेछ ।

प्रदेश तथा स्थानीय तहमा कोषबाट रकम प्रवाह गर्दा सशर्त अनुदानको रूपमा प्रवाह गर्ने, जलवायु परिवर्तनको जोखिम, स्थानीय अनुकूलन योजना, जलवायुसम्बन्धी कार्यमा गरेको कार्यसम्पादन मूल्याङ्कनलगायत अन्य सूचकलाई आधार मान्ने उल्लेख छ । निजी क्षेत्रमा जलवायु वित्त परिचालन गर्न चाहेको खण्डमा मान्यता प्राप्त निकायले मन्त्रालयमा स्वीकृतिको लागि पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनको मूल्य वृद्धि

१ दिन अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

आज सुनको मोल प्रतितोला दुई लाख ८५ हजार

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक