बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली समाजमा विभाजन ल्याउँदै बद्री केसी समूह, समानान्तर गतिविधिमा सक्रिय

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
एनआरएनए  एकता महाधिवेशनको तयारी पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री केसी समूहले संसारभरि मिलेर बसेको नेपाली समाजमा विभाजन ल्याउँदै एउटा पार्टी विशेषको हितमा काम गरी रहेको छ। सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको आधिकारिक कार्यसमिति महेश कुमार श्रेष्ठको नेतृत्वमा गत वैशाखदेखि अस्तित्वमा छ ।

तर, सो कार्यसमितिलाई चुनौती दिने गरी केसी नेतृत्वको अवैधानिक कमिटी विश्वभरि छरिएर रहेको नेपाली समाजमा विभाजन र विखण्डन ल्याउन चौबिसै घण्टा उद्यत देखिएको छ ।

उक्त समूहको समाज विरोधी गतिविधिले एनआरएनएको विश्वसनीयतालाई धेरै कमजोर बनाएको छ। सर्वोच्चको परमादेशअनुसार श्रेष्ठलाई कार्यालयदेखि सबै दायित्व हस्तान्तरण गर्नुपर्ने भए पनि केसी समूह अनेक बखेडा झिकेर गैर कानुनी कार्य गर्न तल्लीन रहेको हो।

परराष्ट्र मन्त्रालयले मान्यता नदिए पनि केसी समूह आफू नै सक्कली र वास्तविक हो भन्ने भ्रम फैलाउने कार्यमा तल्लीन छ। सर्वोच्च अदालतको परमादेश र निर्देशनअनुसार शेष घले नेतृत्वको उच्च स्तरीय समितिले गराएको एकता महाधिवेशनबाट गत मे महिनामा एनआरएनए आइसिसीको अध्यक्षमा महेश कुमार श्रेष्ठ निर्वाचित भएका थिए।

श्रेष्ठ नेतृत्वको कार्य समितिलाई काम गर्न रोकी पाउँ भन्दै बद्री केसी सर्वोच्च पुगेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश दिएन। “त्यसैले महेश श्रेष्ठ नेतृत्वको नै एक मात्र वैधानिक कार्य समिति हो,” आइसिसी प्रवक्ता गंगाधर गौतमले भने।

विदेशस्थित सबै नेपाली कूटनीतिक निकाय तथा आवासीय दूतावासहरूले पनि श्रेष्ठ नेतृत्वको कमिटीलाई नै मान्यता प्रदान गरेका छन्। जसका लागि केही समयअघि परराष्ट्र मन्त्रालयले सर्कुलर नै पठाएका थियो । “महेश श्रेष्ठले नेतृत्व गरेको एनआरएनए एकताको सन्देश लिएर आएको छ। नेतृत्वमा सम्मिलित सबै पदाधिकारीहरूमा संघ र गैर आवासीय नेपालीहरू प्रति समर्पण र योगदान गरेको कार्यसमिति भएकोले विदेशमा रहने नेपालीहरूको भरोसा र विश्वास जागेको छ,” गौतमले भने।

एकताको संवाहकको जिम्मेवारी लिएर महेश श्रेष्ठको नेतृत्व गैर आवासीय नेपाली संघमा निर्वाचित भएको हो। सोहीअनुसार हामीले आफ्नो काम गरी रहेका छौँ, उनले भने।

विवादित बद्री केसीको नेतृत्वले एनसीसीहरुको निर्वाचन ३१ जुलाई सम्म मात्र गर्नु पर्ने भनी बाध्यात्मक परिस्थिति उत्पन्न गर्दै एनएसीसी नेतृत्व माथि नै अनावश्यक तनाव सिर्जना गर्नुले नेपाली समाजमा विग्रह ल्याएको कतिपयको भनाइ छ ।

आइसिसीको शक्तिलाई दुरुपयोग गर्दै एनसीसीको निर्वाचित कार्यसमितिलाई निलम्बित गर्दै एनसीसीको साधारण सभाले निर्णय गरेको निर्वाचन समितिलाई पनि निलम्बनको दाबी गर्दै विधि विधान र प्रक्रिया विपरीत केसी पक्षले समानान्तर गतिविधि गरी रहेको छ ।

श्रेष्ठको नेतृत्व नै आधिकारिक भएकाले बद्री केसी नेतृत्वको समूह घर न घाटको भएकाले आत्तिएको देखिन्छ। एमाले माउ पार्टीको भ्रातृ सङ्गठनको रूपमा गैर आवासीय नेपाली संघलाई रूपान्तरण गरेको केसी नेतृत्वले प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायामा रमाउँदै ओलीको निर्देशन तथा दबाबमा एनआरएनएको सचिवालय हडपेको छ।

उक्त समूहले विश्वभरि छरिएर रहेका नेपालीहरूको सदस्यताबाट जम्मा भएको रकम दुरुपयोग गरी सिद्ध्याएको छ। आफ्नो पद लोलुपतामा मुद्दा मामिला गर्दा वकिलको फिस समेत संघको ढुकुटी खर्च गरी गैर आवासीय नेपाली संघको ढुकुटी नै रित्याइ दिएको एनआरएनएहरू नै बताउँछन् ।

परराष्ट्र मन्त्रालय तथा विज्ञ विश्लेषकहरूका अनुसार बद्री केसी समूहले आगामी अक्टोबरमा संघको महाधिवेशनको कुनै पनि गतिविधि गर्न पाउँदैनन् । परराष्ट्र मन्त्रालयलाई जानकारी र सहभागिता तथा सर्वोच्च अदालतको मानहानि गर्दै गरिने कुनै पनि गतिविधि वैधानिक हुन सक्दैन ।”वैधानिक हिसाबले आगामी अक्टोबरमा कुनै महाधिवेशन हुने सक्दैन । यो सबै गैर आवासीय नेपालीहरूलाई धोका दिने अवैधानिक कार्यको क्षणिक भ्रम मात्र हो। केसी समूहको नेतृत्वले एनआरएनएको एकता भन्दा विभाजन र विखण्डनलाई मलजल गर्न मद्दत गरिरहेको छ,” प्रवक्ता गौतमले भने।

बद्री केसी नेतृत्वको समूह गैर आवासीय नेपाली संघलाई ध्वस्त पार्ने बाटोमा हिँडेकाले उक्त समूहलाई सामाजिकरुपमै बहिष्कार गर्नु पर्ने माग एनआरएन समुदायबिच उठिरहेको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

१ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक