काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलको बैठक रुपन्देहीमा चलिरहेको छ । करागारमा रहेक सभापति रवि लामिछानेसँगको भेटपछि रमादा होटलमा संसदीय दलको बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसदमा पेस भएका विधेयक तथा पार्टीको अबको रणनीतिका बरेमा छलफल हुने बताइएको छ ।
रास्वपा सांसदहरु केही दिन भैरहवामै बस्ने बताइएको छ । सो क्रममा उनीहरु सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्ध सुरु गरिएको हस्ताक्षर अभियानमा पनि सहभागी हुनेछन् ।
रास्वपा नेताहरु हिजो देखि नै भैरहवामा छन् ।


