सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिआइबीले भिजिट भिसामा स्पेन गएकाहरूकाे विवरण लियाे

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
ललिता निवास जग्गा प्रकरणका १७ आरोपितलाई धरपकड नगर्न अन्तरिम आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भिजिट भिसामा स्पेन गएकाबारे अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई विवरण बुझाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र स्वदेश नफर्किएको विषय संसदमा उठेपछि सिआइबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको ६ सदस्यीय समितिले असार ३१ गतेदेखि छानबिन गरिरहेको छ।

सिआइबीले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सबैको विवरण माग गरेको थियो। कार्यालयले उक्त विवरण बुझाएको छ।

‘अध्यागमनसँग मागेको विवरण प्राप्त भएको छ। अब यसलाई केलाउने काम हुन्छ,’ समिति स्रोतले भन्यो, ‘स्पेन जानै नपाउने भन्ने होइन। भर्खरै जबाफ प्राप्त भएकाले कति फर्किए कति फर्किन बाँकी भन्नेबारे बुझ्न बाँकी छ।’

अब स्पेन गएकाहरूमध्ये वास्तविक रूपमा घुम्न गएका, कार्यक्रमका लागि गएका र कार्यक्रमको नाममा गएकाहरूबारे छानबिन हुने स्रोतले बतायो।

प्रधानमन्त्री ओली सहितको भ्रमणदलका सबै फर्किसकेका छन् तर त्यसबाहेक पनि कुनै एनजिओ वा आफ्नै हिसाबले ४९ जना गएका हुनुपर्ने सिआइबीको आकलन छ।

प्रधानमन्त्रीओलीसँगको प्रतिनिधि मण्डल ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन असार १४ गते काठमाडौंबाट सेभिल्लाका लागि प्रस्थान गरेको थियो।उक्त भ्रमणदल असार २० गते काठमाडौं फर्किएको थियो।

सिआइबीले नयाँ दिल्लीस्थित स्पेनको दूताबाससँग उक्त कार्यक्रममा सहभागी हुन गएकाहरू सबैको भिसा विवरण माग गरेको छ।

स्रोतका अनुसार अहिले सिआइबीले लेखेको पत्रमा उक्त कार्यक्रमबारे को-को गए, उनीहरूको भिसा विवरण, कुन संस्था, कुन माध्यमबाट गए, उनीहरूको बस्ने व्यवस्था, आर्थिक पाटो लगायतबारे सोधिएको छ।

‘पत्राचार भएको छ। तर जबाफ आइसकेको छैन। समय लाग्न सक्छ,’ सिआइबी स्रोतले भन्यो।

एसएसपी बोगटी नेतृत्वको समितिले अनुसन्धानबीच काठमाडौंको एउटा ट्राभल एजेन्सीमा समेत छापा मारेको थियो। तर केही पनि विवरण भने फेला पार्न सकेको थिएन।

अन्य ट्राभल एजेन्सी र एनजिओहरूको पनि सूची बनाएर अनुसन्धान गरिरहेको छ।

स्पेनको उक्त कार्यक्रममा जान भनेर प्रधानमन्त्री नेतृत्वको भ्रमणदल बाहेक एक सय भन्दा बढीले भिसा पाएका थिए। ५५ जनाको टोलीले नक्कली कागजात बनाएको भनेर उड्नेबेलामा जहाजबाट फिर्ता गरिएको थियो।

‘नक्कली कागजात प्रयोग गरेको भनेर अन्तिम समयमा ५५ जनालाई फिर्ता गरिएको थियो,’ स्रोतले भन्यो।

प्रधानमन्त्री ओली स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेकी थिइन्।

उनले प्रधानमन्त्री ओलीसँगै गएकाहरू नफर्केको आसयमा बोलेको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले को नफर्किएको नाम दिन चुनौति दिएको थियो। तर पछि सांसद गौतमले आफूले प्रधानमन्त्रीसँगै गएका नभई आफूले प्रधानमन्त्री गएको कार्यक्रममा गएर नफर्किएका भनेको भनेर प्रष्टीकरण दिएकी थिइन्।

उनको भनाइपछि कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर समाचारहरूसमेत प्रकाशन भएका थिए।

त्यसपछि गृहमन्त्री रमेश लेखकले असार ३० गते गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसमा अनुसन्धान गर्न निर्देशन दिएका थिए।

निर्देशनपछि सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरो सम्मिलित समिति बनाएर स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको टोली गएको विषय के हो, अरू कुन संस्थामार्फत कसरी गए, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो, कसको समन्वयमा गए भन्ने विषयमा छानबिन गरिरहेको छ।

समितिले अनुसन्धान सकेर सिआइबीलाई प्रतिवेदन बुझाउने तयारी छ। भिजिट भिसा प्रकरणको छानबिन सकेपछि केकस्ता कारबाहीहरू हुनसक्छन् भन्नेबारे पनि समितिले सुझाव दिनेछ।

यो पनि पढ्नुहोस्

सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना

७ एसएसपी पदमा बढुवाका लागि सिफारिस

२ दिन अगाडि
मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

३ दिन अगाडि

‘अहिले छानबिनकै क्रममा छौं। के-कस्ता कारबाही होला भनेर निष्कर्षमा थाहा होला,’ स्रोतले भन्यो।

अर्को स्रोतले भने कतिपय व्यक्तिहरूले सरकारी कागजात नै पनि कीर्ते गरेको हुनसक्ने बताएको छ। त्यसबारे पनि समितिले अनुसन्धान गरिरहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक