काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणी गरेका छन्।
दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी एमाले राजनीतिमा फेरि फर्किने प्रयास गरेपछि खतिवडाले उनी लक्षित टिप्पणी गर्दै जनताले सर्वोच्च पदमा पुर्याएको व्यक्ति फेरि वडाध्यक्षमा नियुक्त हुननहुने जनाए।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले भने– ‘सर्वोच्च पदमा पुगेका मान्छेहरू अहिले सर्वोच्च पद छोडेर वडाध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ। सरकारको ध्यान पुगोस्। जनताले सर्वोच्च पदमा पुर्याएको व्यक्ति फेरि वडाध्यक्षमा नियुक्त हुनुहुँदैन।’
एमालेको केन्द्रीय कमिटी बैठकले पनि भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा राखेको छ।


