काठमाडाैं । दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको च्याम्पियनसिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको हो ।
टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एन्फाका केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
उक्त प्रतियोगितामा भुटान र श्रीलङ्कालाई हराएको नेपाल बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।


