सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेद्वारा कांग्रेसको कोर भ्यालुमाथि आक्रमण

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
एमालेद्वारा कांग्रेसको कोर भ्यालुमाथि आक्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडााैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकारमा कांग्रेस निरीहजस्तै देखिएको टिप्पणी गरेका छन्।

बिपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा कोइरालाले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरीहजस्तै देखिएको जनाएका हुन्।

उनले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने बिषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न सक्नुपर्ने जनाए।

कुलिङ अफ पिरियडका बिषयमा कांग्रेस सांसदहरुका साथै राज्य व्यवस्था समितिका सभापतिको समेत गल्ती रहेको उनले बताए। तर सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन भन्ने बुझ्न जरुरी रहेको कोइरालाको धारणा छ।

उनले टेक एण्ड पे र टेक अर पेमा लिएको अडान जस्तै कुलिङ अफ पिरियड समेत सभापतिको अडान आवश्यक रहेको उल्लेख गरे। त्यस्तै कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न एमालेले हतार गरेको र भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराएको जनाए ।

उनले कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस लाचार भएर बसेको धारणा दाबी गरे। नेपाली कांग्रेसको कोर भ्यालुमा अडान नराखेसम्म यस्ता समस्या आइरहने भन्दै उनले समस्या निराकरणका लागि नेतृत्वले ध्यान दिनुपर्ने जनाए ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिकुलता र जटिलताबाट अहिले गठबन्धनको सरकार बनेको भन्दै सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए। कुलिङ अफ पिरियड र भूमि विधेयकका सन्दर्भमा दुई दलको फरक मतलाई हल गर्न प्रधानमन्त्री गम्भीर हुनुपर्ने उनले जनाए।

महामन्त्री शर्माले कुलिङ अफ पिरियडमा कांग्रेसको भावना बिपरित एमाले अघि बढ्न खोजे गठबन्धनमा दरार आउन सक्ने चेतावनी दिए। सरकारलाई सफल बनाउने सर्तमा सवै बिषयलाई सहजै स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दुईदलले एकअर्काको दृष्टिकोणलाई स्वीकार गर्न सके मात्रै गठबन्धन सफल हुने जनाए । उनले सर्वसम्मतबाट पास भएको कुलिङ अफ पिरियडको बिषयमा कांग्रेसले कम्प्रमाइज गर्न नसक्ने स्पष्ट पारे।

भूमि विधेयक लगाएत महत्वपूर्ण बिषयमा पनि एकलौटी लाद्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ। उनले गठबन्धनको सरकार गठन हुँदा दुई दलबीच भएको सहमति अनुसार संविधान संशोधनको बिषयलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए। अहिलको गठबन्धन सरकार ८४ सम्म निरन्तर लैजान सरकारको प्रभावकारीता बढ्नुपर्ने उनले जनाए।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२२ घण्टा अगाडि
परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक