सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

साफ यू–२० ऐतिहासिक उपाधि जित्ने सुनौलो अवसर 

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
साफ यू–२० ऐतिहासिक उपाधि जित्ने सुनौलो अवसर 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ढाका । साफ यू–२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपाल र आयोजक बंगलादेश आज (सोमबार) साँझ उपाधिका लागि भिड्दैछन्।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनामा नेपाली समयअनुसार साँझ ६ः४५ बजे शुरु हुने डबल राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगिताको यही खेलले उपाधिको टुङ्गो लगाउने छ।

प्रतियोगितामा सहभागी ४ टोलीले आज आफ्नो अन्तिम खेल खेल्दै छन्। भुटान र श्रीलंका उपाधि दौडबाट बाहिरिसकेका छन्। त्यसैले उपाधि होडमा रहेका नेपाल र बंगलादेशबीचको फाइनल भिडन्तले च्याम्पियन टोलीको टुंगो लगाउनेछ।
हाल बंगलादेश १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अङ्कका साथ दोस्रो स्थानमा छ। नेपाललाई उपाधिका लागि जित अनिवार्य छ भने बंगलादेश बराबरीबाटै च्याम्पियन बन्न सक्छ।
नेपालले ५ खेलमा ३० गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। फर्वाड पूर्णिमा राई १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छिन् । नेपालकै अर्की फर्वाड मीना देउवाले ७ गोल गरेकी छिन्।

बंगलादेशले २४ गोल गर्दै अपराजित रहेको‌ छ।‌ यसअघिकाे खेलमा झगडाका कारण तीन खेलको प्रतिबन्ध परेका नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी स्ट्राइकर सागोरिका आजको खेलमा मैदानमा फर्किन सक्नेछन्।

यसअघि नेपाली यू–२० महिला टोली बंगलादेशसँग तीनपटक भिड्दा सबै खेलमा पराजित भएको थियो। सन् २०२३ मा लिग चरणमा ३–१ र फाइनलमा ३–० ले हारेको नेपाल यस संस्करणको पहिलो भेटमा पनि ३–२ ले पराजित भएको थियो।

तर, अब नेपालसँग विगतको बदला लिँदै पहिलोपटक उपाधि जित्ने ऐतिहासिक अवसर छ। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले आजको खेलका लागि टोली आक्रामक रणनीतिसहित मैदानमा उत्रने जानकारी दिए।

उनले ,‘बंगलादेशसँग पहिलो खेलमा कसरी २ गोल खायौँ, त्यसको समीक्षा गरिनेछ। त्यसपछि आक्रामक रणनीतिमा खेल्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौँ।’

नेपालले अहिलेसम्म साफ यू–२० तहमा उपाधि जित्न सकेको छैन। आजको खेल ऐतिहासिक उपाधि जित्ने सुनौलो अवसर  हो। बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ।

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१ दिन अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

रास्वपाका सभापति भारत भ्रमणमा जादै

सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ

थिचोमिचो विरुद्ध प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक