आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साउदी अरबका राजकुमार साउदको निधन

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
साउदी अरबका राजकुमार साउदको निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।

कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।

गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।

उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले सहानुभूति र ध्यान खिचेको थियो ।

निको हुने आश

राजकुमार वालिद अचेत अवस्थामा रहे पनि कहिलेकाहीँ हुने अनियन्त्रित शरीरका हल्का गतिविधिले केही आशा भने दिलाउँथ्यो । त्यसैले उनका पिता राजकुमार खालिदले जीवन रक्षाका उपकरणहरू हटाउन चित्किसहरुले दिने सुझावहरू सार्वजनिक रूपमा अस्वीकार गरेका थिए । उनले सधैं ईश्वरीय चमत्कारप्रति विश्वास राख्दै छोरा निको हुने आशा राखेका थिए ।

परिवारका सदस्यहरुले अचेत राजकुमारलाई कुरानको पाठ सुनाउँथे । त्यतिबेला उनका शरीरका अंग केही चलमलाएको जस्तो देखिने भिडियोहरू सार्वजनिक गरेका थिए । ती भिडियोहरूले जनतामा गहिरो सहानुभूति र सम्मान जगाएको थियो ।

तर साउदी अरबको विशेष स्वास्थ्य केन्द्रले १९ जुलाई २०२५  मा राजकुमार वालिदको निधनको समाचार सार्वजनिक गरेपछि उनीप्रति व्यापक रूपमा श्रद्धाञ्जली अर्पण गरिएको छ । ‘सुत्ने राजकुमार’ ह्यासट्याग (#SleepingPrince) सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ । हजारौं मानिसले धैर्यता, आस्था र पितृमायाको प्रतीकका रूपमा उनलाई सम्झिएका छन् ।

वर्षौंसम्म छोराको शय्या छेउ बस्ने पिताप्रति पनि सम्मान व्यक्त भइरहेको गल्फ न्युजले जनाएको छ ।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

५७ मिनेट अगाडि
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

एमालेबाट १६ सांसदको नाम टुंगो

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक