सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन : महेश कुमार श्रेष्ठ अध्यक्ष

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन : महेश कुमार श्रेष्ठ अध्यक्ष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

२९ मिनेट अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

२९ मिनेट अगाडि
काठमाडौं ।  एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले  सर्वोच्च अदालतको परमादेश अनुसार गत  मे महिनामा एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित भई सकेकाले अब अक्टोबरमा अधिवेशन हुनै नसक्ने बताएका छन्।

इन्जा युरोप तथा नेपाल प्लस अनलाइनद्वारा शनिवार आयोजित  भर्चुअल संवादमा बोल्दै एकता महाधिवेशनद्वारा अध्यक्ष पदमा निर्वाचित  श्रेष्ठले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले आइसिसीको निर्वाचन गराइसकेकाले अहिले अक्टोबरको मितिको कुनै तुक नभएको बताए । उनले भने, ‘हामी कुनै पनि हालतमा अक्टोबरमा अधिवेशन हुन दिँदैनौँ । हामी त्यसका लागि सबै प्रक्रिया अपनाउँछौँ ।’

बद्री केसी पक्षले एनसीसीहरु फुटाउने खेल गरेकाले अहिले धेरै कुरा बिग्रिएको उनले बताए । आफू एनसीसीहरुको एकताको पक्षमा रहेको बताउँदै सबैलाई मिलाएर लैजानका लागि एकताको महाधिवेशन भएको तीन महिनासम्म कुरेको उनले बताए ।

गत मे ३–४, २०२५ मा आयोजित महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले आधिकारिता दिएर सचिवालय जान भनिसकेको छ । तर संयमता अपनाएर आफूहरू अझै सचिवालय न गएको उनले बताए।

अध्यक्ष श्रेष्ठले अदालतको अन्तिम फैसला नआएसम्म एनसीसीलाई नचलाऊँ भनेर भनेको तर बद्री केसी पक्षले विधान विपरीत निर्वाचित समितिहरूलाई भङ्ग गर्दै कथित अधिवेशन आयोजक समितिहरू गठन गरेर समाज फुटाउने काम गरिरहेको बताए।  उनले बद्री केसी पक्षले गठन गरेका एनसीसीहरु खारेज हुने र  नयाँ किसिमले जानु पर्ने पनि बताए।

अहिले अदालतमा विचाराधीन मुद्दाको फैसला आफूले स्वीकार गर्ने उनले बताए । ‘अहिले सर्वोच्चको पूर्ण इजलासमा पुगेकाले त्यहाँबाट आउने निर्णय हामी मान्छौँ,’ अध्यक्ष श्रेष्ठले बताए ।

‘अहिले राजनीतिक पार्टीहरूको कारण भन्दा पनि दम्भ र अहङ्कारका कारण एनआरएनको अहिलेको अवस्था आएको हो । राजनीतिक दलहरूका नेताहरूसँगको भेटमा हामीलाई नै तपाईँहरू मिलेर आउनुहोस् भन्नु हुन्छ । यसलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।’

उनले संघको कोष खर्च गर्न पाउने वैधानिक तथा नैतिक अधिकार केसी पक्षलाई न भएको पनि स्पष्ट पारे ।

अन्तरक्रियामा बोल्दै  बद्री केसी पक्षका एनआरएनए उपाध्यक्ष हेम राज शर्माले एमआइएसमा सदस्य बनेकालाई मात्रै सदस्य मानिने बताए । उनले एकताको महाधिवेशन पर नसरिएकाले अहिलेको समस्या आएको दाबी पनि गरे।  तर के कति कारणले   बद्री केसी पक्षले विधान विपरीत निर्वाचित समितिहरूलाई भङ्ग गरेको हो भन्ने बारे उनले केही बताएनन्।  एजेन्डाको विषयमा महेशजी र म बीच कुनै फरक छैन।  अदालतको फैसला पछि मिलेर जानु पर्छ, उनले भने।  उनले  संघको केन्द्रीय कार्यालयमा एमालेनिकट कार्यकर्ता ल्याएर एनआरएनहरूमाथि नै कुटपिट गर्न लगाउने घटना प्रति  खेद व्यक्त गर्दै अब भविष्यमा त्यस्ता घटना नदोहोरिने जनाए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक